देउवाको भूमिकाप्रति शंका छः पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाएका छन्।
महामन्त्री शशांक कोइराला निवासबाट आफूले हालै सभापति देउवालाई फोन गरी माओवादी केन्द्र र जसपाको सहयोग लिएर केपी शर्मा ओली सरकार ढलाउन भने पनि देउवाले उदासिनता देखाएको पौडेलको भनाइ छ।
पोखरामा मंगलबार नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद–मायादेवी शान्ति पुरस्कार वितरण समारोहमा बोल्दै नेता पौडेलले भने, ‘हाम्रो सभापतिजीको अहिलेको उदासिनता भन्ने कि के भन्ने रहस्यमय लागिरहेको छ।’
उनले पार्टीलाई ढुलमुले र अनिर्णयको बन्दीजस्तो बनाउन नहुने पनि बताए।
‘हाम्रो पार्टीलाई पनि अनिर्णयको बन्दीजस्तो भन्ने आरोप लाग्न थालिसकेको छ। म त सुरूदेखि नै संसदमा कांग्रेसको सानो संख्या भए पनि राजनीतिमा विशिष्ट भूमिका छ भन्दै आएको छु,’ उनले भने।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रदेश १ र बागमतीमा अविश्वास प्रस्ताव आएको र त्यसैबेला आफूले त्यहाँका सरकार गिराइदिन सभापति देउवालाई भनेको पौडेल बताउँछन्।
उनले ढुलमुले नीति लिएर कांग्रेसले दायित्व पूरा गरेको नठहर्ने पनि बताए। दह्रो गरी निर्णय गर्ने र संकटलाई निकास दिनुपर्ने उनको भनाइ छ।
‘जसपा नेतालाई केपी ओलीले जे(जे आश्वासन दिएका छन् त्यो हामीले पूरा गरिदिने र साथ लिएर यो सरकार ढलाइदिऔं भनेर मैले सभापतिजीलाई पदाधिकारी बैठक बसेको दिन फोन गरेर भनेको हुँ,’ पौडेलले भने।
ताजा
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





