बल्खुमा बोरामा भेटियो महिलाको शव
काठमाडौं । बल्खुको सुकुम्बासी टोलमा एक महिलाको हत्या भएको छ। सोमबार साँझ साढे ७ बजे प्रहरी पुग्दा टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा शव फेला परेको हो।
मृतक अन्दाजी ३३–३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा हुन्। उनका श्रीमान सन्तोष सापकोटा भन्ने यज्ञ सापकोटा फरार रहेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए।
सन्तोषीको टाउकोमा हथौडाले हानेर हत्या गरिएको उनले बताए। उनीहरू पछिल्लो समय बौद्धमा बस्दै आएका थिए। सोमबार भने उनीहरू बल्खु पुगेका थिए।
देवर तेजबहादुर सापकोटाले रगत बगेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए। शव तन्नाले बेरेर फ्लास्टिकले बेरेर फेरि बोराभित्र राखिएको थियो, प्रहरी स्रोतले भन्यो घटना अन्दाजी ५–६ बजे नै भएको हुनुपर्छ। हामीलाई करिब साढे ७ बजे खबर भयो।
उनका अनुसार उनीहरूबीच घरायसी विवाद थियो। त्यही भएर श्रीमानले हत्या गरेर फरार भएका हुन् कि भन्ने प्रहरीको आशंका छ। यद्यपि श्रीमान पक्राउ परेपछि मात्रै यसबारे थप जानकारी हुने प्रहरीले बताएको छ।
उनका श्रीमान यज्ञ सापकोटा पहिले पनि ६ महिना जेलमा बसिसकेको अनुसन्धानमा संलग्न अर्का प्रहरी अधिकृतले जानकारी दिए। अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





