देउवाको भूमिकाप्रति शंका छः पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाएका छन्।
महामन्त्री शशांक कोइराला निवासबाट आफूले हालै सभापति देउवालाई फोन गरी माओवादी केन्द्र र जसपाको सहयोग लिएर केपी शर्मा ओली सरकार ढलाउन भने पनि देउवाले उदासिनता देखाएको पौडेलको भनाइ छ।
पोखरामा मंगलबार नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद–मायादेवी शान्ति पुरस्कार वितरण समारोहमा बोल्दै नेता पौडेलले भने, ‘हाम्रो सभापतिजीको अहिलेको उदासिनता भन्ने कि के भन्ने रहस्यमय लागिरहेको छ।’
उनले पार्टीलाई ढुलमुले र अनिर्णयको बन्दीजस्तो बनाउन नहुने पनि बताए।
‘हाम्रो पार्टीलाई पनि अनिर्णयको बन्दीजस्तो भन्ने आरोप लाग्न थालिसकेको छ। म त सुरूदेखि नै संसदमा कांग्रेसको सानो संख्या भए पनि राजनीतिमा विशिष्ट भूमिका छ भन्दै आएको छु,’ उनले भने।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रदेश १ र बागमतीमा अविश्वास प्रस्ताव आएको र त्यसैबेला आफूले त्यहाँका सरकार गिराइदिन सभापति देउवालाई भनेको पौडेल बताउँछन्।
उनले ढुलमुले नीति लिएर कांग्रेसले दायित्व पूरा गरेको नठहर्ने पनि बताए। दह्रो गरी निर्णय गर्ने र संकटलाई निकास दिनुपर्ने उनको भनाइ छ।
‘जसपा नेतालाई केपी ओलीले जे(जे आश्वासन दिएका छन् त्यो हामीले पूरा गरिदिने र साथ लिएर यो सरकार ढलाइदिऔं भनेर मैले सभापतिजीलाई पदाधिकारी बैठक बसेको दिन फोन गरेर भनेको हुँ,’ पौडेलले भने।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





