पुरुषभन्दा महिला बढी सक्षम छन्– लक्ष्मी पाण्डे

२०७७ चैत्र १ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले पुरुषभन्दा महिला बढी सक्षम भएको दाबी गरेकी छिन् । उनले महिलाको सक्षमतामाथि कम मूल्यांकन गर्न नमिल्ने पनि स्पष्ट पारेकी छिन् ।
कोषाध्यक्ष पाण्डेले समाज र संस्कृति बदलिए पनि महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएको आरोप लगाइन् । उनले महिलालाई अवसर दिने हो भने कुनै पनि ठाउँमा कमजोर नबन्ने उनको भनाई छ । उनले महिलालाई दिएको प्रमुख पदलाई जसले पनि जिम्मेवारीताका साथ निर्वाह गरेको बताइन् । उनले महिलाहरु राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुखजस्तो पदमा बसेर आफ्नो भूमिका देखाइसकेकाले कमजोर ठानेर सामान्य तर्क नगर्नसमेत आग्रह गरेकी छिन् ।
१ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा कुरा गर्दै उनले समाजमा परिवर्तनका ठूला कुरा गरे पनि व्यवहारमा भने असमानता भएकोमा चिन्ता व्यक्त गरेकी छिन् । ‘विभिन्न आन्दोलन र क्रान्ति भए त्यसबाट उपलव्धि पनि हासिल गरियो तर महिलामाथिको विभेद अझै कायम छ’ उनले भनिन् ‘ महिलाले जिम्मेवारी लिन सक्दैनन् भन्ने आरोप लगाइन्छ तर जिम्मेवारी पाएका महिलाहरु कोही पनि कर्तव्य निर्वाह गर्नबाट चुकेका छैनन् ।’ उनले पुरुषको तुलनामा महिलाको व्यवहार बढी पारदर्शी भएको, पाएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्हालेको, आर्थिक हिनामिनामा नफसेको दाबी गरिन् । कामको जिम्मेवारी नदिने र आलोचनामात्र गरिरहने संस्कार ठिक नभएको उनको भनाई छ ।
उनले पछिल्लो समयमा बालिका हत्या, बलात्कार र अन्य हिंसाका घटना बढ्दै गरेकोमा चिन्ता व्यक्त गरिन् । एक महिलाले अर्को महिलालाई हेर्ने र बुझ्ने दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्ने उनको भनाई छ । उनले राजनीतिमा सबै पार्टीले उचित स्थान दिनुपर्ने माग गरेकी छिन् । ‘महिलालाई कोटा पु¥याउनका लागि मात्र दिएजस्तो गरिनु हुँदैन’ उनले थपिन् ‘ महिला पनि एउटा शक्ति हो भन्ने सम्झेर अवसर दिनुपर्छ ।’

333 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal