सुदूरपश्चिम प्रदेश कार्यालय तोडफोड गरेकोमा भीम रावल आक्रोशित
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले आज प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गरेका छन् । घट्नामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उनको भनाई छ ।
घट्नाको निन्दा गर्दै आज (बुधबार) अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले यस्तो बताएका हुन् । घट्नाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पँक्तिलाई पनि जानकारी गराईसकेको रावलले जनाए ।
उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाए । उनले भने,‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ताहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरे । म यो घट्नाको निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।’
रावलले सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग÷अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको सुनाए । उनले भने,‘नेकपाको विवादसम्बन्धी सर्वोच्च अदालतले रिट निवेदकले माग दाबी गरेको भन्दा बढिनै फैसला दियो । तर, अदालतको फैसलालाई हामीले पालना गरेका छौं । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । अहिले कम्युनिष्ट पार्टी आन्दोलनलाई क्षतविक्षप्त पार्ने षड्यन्त्र भैरहेको छ । विगतमा जे÷जस्तो भएपनि यो आन्दोलनलाई सम्हाल्नुपर्छ । जोगाउनुपर्छ भनिएको छ । हामीले एमाले र माओवादी केन्द्रपनि अलग अलग हुँदा आ–आफ्नो पार्टीमा जाँदा, संयमित भएर जाने र काम गर्ने भनिएको छ । कार्यगत एकता गर्ने भनिएको छ ।’
रावलले एमाले केन्द्रीय कमिटी बैठक छिट्टै बस्ने पनि सुनाए । उनले भने,‘त्यो बैठकबाट बैठकबाट निर्देशन आउला ।विभिन्न कमिटी छन् । ती सबै विधिबाट जान्छन् । अब नयाँ किसिमले जान्छौं । एमाले महासचिव र उपमहासचिवसँग हिजै कुरा गरेको पनि थिएँ । तर, आज सुदूरपश्चिम प्रदेश कार्यालय, सरकारी पक्ष भनौं वा हामी बाहेकको अर्को गुटको पक्ष भनौं कि । आज विहान साँढे ११ बजे, अकस्मात, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट आफ्ना पक्षका मान्छेहरुलाई बोलाएर, जबरजस्ती कार्यालयमा पसेर तोडफोड गर्ने काम भयो । हाम्रो भानुभक्त जोशीजीको कार्यालयमा ताला लगाईएको थियो । पाँच वटा कुर्सी भाँचेका छन् । म संयोजक थिएँ । मलाई नेतृत्व गर्ने अधिकार दिएको थियो । स्वतः म संयोजक हुँ । म संयोजक हुँ । एमालेले सुदुरुपश्चिम प्रदेशमा मेरो नेतृत्वमा अभूतपूर्व सफलता हाँसिल गर्यो ।’
उनले कर्ण थापाले स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको टिप्पणी गरे । उनले भने,‘तर, आज त्यहाँ गुण्डागर्दी शैलीमा प्रस्तुत भए । यसो नगर्नुहोस भनिएको थियो । अदालतको फैसलाअनुसार मैले नै नेकपा एमालेको साईनबोर्ड राख्न निर्देशन दिएको थिएँ । सोहीअनुसार राखिएको थियो । तर, आज बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरियो । म निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने कतै षड्यन्त्र गरिएको होईन् । यो अत्यन्तै षड्यन्त्रमूलक, गुण्डागर्दी शैली हो । म भत्सर्ना गर्छु । कानूनी कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने सरकार संरक्षित गुण्डागर्दी हो भनेर बुझ्नु्पर्छ । म सशक्त आवाज उठाउन एमाले पक्तिलाई आग्रह गर्छु।’ उनले यसरी नै गुण्डागर्दी, अराजकता लैजानै, मनपरीतन्त्र गर्ने हो भने आफूहरुलेपनि सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
ताजा
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवार
१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो
२०८३ भाद्र १६ गते, मंगलवार
अनिश्चितकालका लागि तातोपानी नाका बन्द
२०८३ भाद्र १६ गते, मंगलवार
सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर
२०८३ भाद्र १६ गते, मंगलवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





