शाइन रेसुंगा बैंकको शाखा महेन्द्रनगरमा

२०७७ फाल्गुन २६ गते, बुधबार

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सुदूर पश्चिम प्रदेशको भीमदत्त नगरपालिका महेन्द्रनगरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सुदूर पश्चिममा पहिलो शाखा हो । शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्तरुपमा बुधबार उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मेयर विष्ट र उद्योग वाणिज्य संघका अध्यक्ष मल्लले उद्योग,पर्यटन,कृषि र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न बैंकलाई सुझाव दिएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले देशभरका ८ वटा मध्ये काठमाडौं बाहिरको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक शाइन रेसुंगाले सातै प्रदेशमा बैंकिङ सेवा दिने लक्ष्य सहित अघि बढेको र डिजिटल बैकिङ तथा वित्तीय साक्षरतालाई प्राथमिकता दिएको बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले स्थानीय माग र आवश्यकता अनुसार निक्षेप र कर्जाका विविध प्रडक्ट बैंकसंग भएको उल्लेख गर्दै यसबाट लाभ लिन आग्रह गरे । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् । योसंगै बैंकका ७६ शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेलले बताए ।

341 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal