सुदूरपश्चिम प्रदेश कार्यालय तोडफोड गरेकोमा भीम रावल आक्रोशित

२०७७ फाल्गुन २६ गते, बुधबार

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले आज प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गरेका छन् । घट्नामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उनको भनाई छ ।
घट्नाको निन्दा गर्दै आज (बुधबार) अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले यस्तो बताएका हुन् । घट्नाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पँक्तिलाई पनि जानकारी गराईसकेको रावलले जनाए ।
उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाए । उनले भने,‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ताहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरे । म यो घट्नाको निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।’
रावलले सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग÷अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको सुनाए । उनले भने,‘नेकपाको विवादसम्बन्धी सर्वोच्च अदालतले रिट निवेदकले माग दाबी गरेको भन्दा बढिनै फैसला दियो । तर, अदालतको फैसलालाई हामीले पालना गरेका छौं । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । अहिले कम्युनिष्ट पार्टी आन्दोलनलाई क्षतविक्षप्त पार्ने षड्यन्त्र भैरहेको छ । विगतमा जे÷जस्तो भएपनि यो आन्दोलनलाई सम्हाल्नुपर्छ । जोगाउनुपर्छ भनिएको छ । हामीले एमाले र माओवादी केन्द्रपनि अलग अलग हुँदा आ–आफ्नो पार्टीमा जाँदा, संयमित भएर जाने र काम गर्ने भनिएको छ । कार्यगत एकता गर्ने भनिएको छ ।’
रावलले एमाले केन्द्रीय कमिटी बैठक छिट्टै बस्ने पनि सुनाए । उनले भने,‘त्यो बैठकबाट बैठकबाट निर्देशन आउला ।विभिन्न कमिटी छन् । ती सबै विधिबाट जान्छन् । अब नयाँ किसिमले जान्छौं । एमाले महासचिव र उपमहासचिवसँग हिजै कुरा गरेको पनि थिएँ । तर, आज सुदूरपश्चिम प्रदेश कार्यालय, सरकारी पक्ष भनौं वा हामी बाहेकको अर्को गुटको पक्ष भनौं कि । आज विहान साँढे ११ बजे, अकस्मात, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट आफ्ना पक्षका मान्छेहरुलाई बोलाएर, जबरजस्ती कार्यालयमा पसेर तोडफोड गर्ने काम भयो । हाम्रो भानुभक्त जोशीजीको कार्यालयमा ताला लगाईएको थियो । पाँच वटा कुर्सी भाँचेका छन् । म संयोजक थिएँ । मलाई नेतृत्व गर्ने अधिकार दिएको थियो । स्वतः म संयोजक हुँ । म संयोजक हुँ । एमालेले सुदुरुपश्चिम प्रदेशमा मेरो नेतृत्वमा अभूतपूर्व सफलता हाँसिल गर्यो ।’
उनले कर्ण थापाले स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको टिप्पणी गरे । उनले भने,‘तर, आज त्यहाँ गुण्डागर्दी शैलीमा प्रस्तुत भए । यसो नगर्नुहोस भनिएको थियो । अदालतको फैसलाअनुसार मैले नै नेकपा एमालेको साईनबोर्ड राख्न निर्देशन दिएको थिएँ । सोहीअनुसार राखिएको थियो । तर, आज बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरियो । म निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने कतै षड्यन्त्र गरिएको होईन् । यो अत्यन्तै षड्यन्त्रमूलक, गुण्डागर्दी शैली हो । म भत्सर्ना गर्छु । कानूनी कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने सरकार संरक्षित गुण्डागर्दी हो भनेर बुझ्नु्पर्छ । म सशक्त आवाज उठाउन एमाले पक्तिलाई आग्रह गर्छु।’ उनले यसरी नै गुण्डागर्दी, अराजकता लैजानै, मनपरीतन्त्र गर्ने हो भने आफूहरुलेपनि सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal