अभिनेता महेशबाबुले बचाए एक बालिकाको जीवन

२०७७ फाल्गुन २६ गते, बुधबार


एजेन्सी
मुम्बई । फिल्म स्टार अभिनयको माध्यमले दर्शकको मन जित्छन् नै । कहिलेकाँही सामाजिक कामको माध्यमले समेत जित्ने सबैको मन जित्ने गर्दछन् । पछिल्लो समय कयौं कलाकारले गरिबको मद्दत गरेर दर्शकको मन जितिरहेका छन् । यो श्रेणीमा साउथका सुपरस्टार महेश बाबुको नाम पनि जोडिएको छ । महेश बाबुले एक बच्चीको उपचार गराएर उनको ज्यान जोगाएका हुन् ।

महेशले आन्ध्रप्रदेशको केही अस्पतालमा आर्थिक कमजोरीमा रहेका बच्चाहरुको मुटुको सर्जरीमा मद्दत गरेका छन् । उनको मद्दतले अंकित भार्गव नामक एक बच्चाको ज्यान जोगिएको छ । बच्चाको उपचार र जोगिएको ज्यानको बिषयमा महेश बाबुकी पत्नी अभिनेत्री नम्रता शिरोडकरले सामाजिक सञ्जालमा तस्बिर सहित जानकारी गराएकी छन् ।

तस्बिरका साथ उनले क्याप्सन लेखेकी छन् ‘दिललाई छुने एउटा रिकवरीका किस्सा । यो थाहा पाएर खुसी लागेको छ । वीएसडी एण्ड पीडीएको सर्जरी गराएका अंकित भार्गवलाई अस्पतालले घर पठाएको छ । उनको स्थितिमा सुधार आइरहेको छ । म बच्चाको राम्रो स्वास्थ्यको कामना गर्दछु ।’

सामाजिक सञ्जालमा नम्रताको यो पोष्ट निकै भाइरल भैरहेको छ । महेश बाबुका फ्यानले उनको कदमको प्रशंसा गरेका छन् । महेश पछिल्लो समय फिल्म ‘मेजर’ को कारणले चर्चामा छन् । यो फिल्म मुम्बई हमलामा सहित मेजर सन्दीप उन्नी कृष्णनको जीवनमा आधारित रहेको छ ।

266 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal