युभेन्टसमा रोनाल्डो र पिर्लोको भविष्य सङ्कटमा

२०७७ फाल्गुन २६ गते, बुधबार


एजेन्सी
मंगलबार पोर्टोविरुद्धको च्याम्पिन्यस लिगको खेलअघि आन्द्रे पिर्लोले भनेका थिए, ‘क्रिस्टियानो रोनाल्डो ‘तम्तयार’ छन् ।’ ‘यो उनको खेल हो,’ युभेन्टसका म्यानेजरले पत्रकारहरुसँग भनेका थिए । तर, त्यो उनको खेल बन्न सकेन, कुनै हिसाबले उनी त्यसको नजिक पनि थिएनन् । पोर्टोसँग हार ब्यहोर्दै इटालियन टोली प्रतियोगिताबाट बाहिरिन बाध्य बनेको छ । ‘कोरिएरे डेलो स्पोर्ट’ ले त युभेन्टसलाई ‘रोनाल्डोले धोका दिएको’ सम्म भन्न भ्यायो ।

हुन पनि रोनाल्डोको खराब प्रदर्शन च्याम्पियन्स लिगमा युभेन्टसको दुःखद् कथामा नयाँ अध्याय थपिएको जुन सन् १९९६ देखि शुरु भएको हो । यसबीचमा टोलीले पाँचवटा फाइनलमा हार ब्यहोर्नुपरेको छ भने लगातार दुई सिजन अन्तिम १६ बाट बाहिरिनुपरेको छ । सन् २०१८–१९ सिजनमा टोली आयक्ससँग हार ब्यहोर्दै क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

युभेन्टसको यस्तो अवस्था कसैले अपेक्षा गरेका थिएनन् । अझ रोनाल्डोसँग त पक्कै पनि थिएन । किनभने उनी मिस्टर च्याम्पियन्स लिग हुन् । सन् २०१५ र २०१७ मा फाइनलमा पुगेको युभेन्टस उनी आएपछि अब उपाधिमाथि कब्जा जमाउने आशामा थियो । तर, रोनाल्डो आएपछि युभेन्टस उपाधिबाट झनै टाढा पुगेको छ ।

यता, घरेलु इटालियन सिरिए ए मा पनि युभेन्टस १० वर्षपछि उपाधि गुमाउने अवस्थामा पुगेको छ । लिगमा शीर्ष स्थानमा रहेको इन्टर मिलान तेस्रो स्थानमा रहेको युभेभन्दा १० अंकले अघि रहेको छ । कोपा इटालियाको फाइनलमा युभेन्टसले एटलान्टाको सामना गर्दैछ । यो उपाधि जितेपछि पिर्लोले राहत पाउने छैनन् ।

306 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal