चीनको सिनोभ्याक खोप चिली पुग्यो

२०७७ फाल्गुन २५ गते, मंगलवार


एजेन्सी
सान्टियागो । चीनको औषधि निर्माता फर्म सिनोभ्याकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप “कोरोनाभ्याक” को पाँचौं खेप चिली आइपुगेको छ । चिली सरकारलाई उक्त खोप हस्तान्तरण गरिएको छ । चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिस र अन्य अधिकारीहरुले सान्टियागो विमानस्थलमा चिनियाँ खोप बुझ्नु भएको थियो । चीनले पठाएको यो खोप पाँचौं पटक हो ।

त्यस अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै स्वास्थ्य मन्त्री पेरिसले चीनबाट उपलब्ध खोपले चिलीका सर्वसाधारणलाई कोरोनाभाइरसबाट सुरक्षित राख्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । चिलीको जनस्वास्थ्य इन्स्टिच्युटले गत जनवरी २० मा सिनोभ्याकको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

चिलीमा गत फेब्रुअरी ३ बाट सर्वसाधारणलाई खोप दिन थालिएको छ । यसवर्ष पहिलो तीन महिनाभित्र उच्च जोखिममा रहेका भनी पहिचान गरिएका करिब ५० लाख व्यक्तिलाई खोप लगाउने चिलीको योजना छ । उक्त खोप अभियान समाप्त भएलगत्तै अरु एक करोड ५० लाख व्यक्तिलाई खोप दिइने छ ।

दक्षिण अमेरिकी मुलुक चिलीमा हालसम्म ४१ लाख ७६ हजार व्यक्तिले खोप लिइसकेका छन् । त्यसमध्ये झण्डै पाँच लाखले दोस्रो डोज पनि लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरुका अनुसार हालसम्म चिलीमा आठ लाख ६० हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको र तीमध्ये करिब २१ हजार व्यक्तिको संक्रमणबाट मृत्यु भइसकेको छ । –सिन्ह्वा

470 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal