चीनको सिनोभ्याक खोप चिली पुग्यो

एजेन्सी
सान्टियागो । चीनको औषधि निर्माता फर्म सिनोभ्याकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप “कोरोनाभ्याक” को पाँचौं खेप चिली आइपुगेको छ । चिली सरकारलाई उक्त खोप हस्तान्तरण गरिएको छ । चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिस र अन्य अधिकारीहरुले सान्टियागो विमानस्थलमा चिनियाँ खोप बुझ्नु भएको थियो । चीनले पठाएको यो खोप पाँचौं पटक हो ।
त्यस अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै स्वास्थ्य मन्त्री पेरिसले चीनबाट उपलब्ध खोपले चिलीका सर्वसाधारणलाई कोरोनाभाइरसबाट सुरक्षित राख्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । चिलीको जनस्वास्थ्य इन्स्टिच्युटले गत जनवरी २० मा सिनोभ्याकको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
चिलीमा गत फेब्रुअरी ३ बाट सर्वसाधारणलाई खोप दिन थालिएको छ । यसवर्ष पहिलो तीन महिनाभित्र उच्च जोखिममा रहेका भनी पहिचान गरिएका करिब ५० लाख व्यक्तिलाई खोप लगाउने चिलीको योजना छ । उक्त खोप अभियान समाप्त भएलगत्तै अरु एक करोड ५० लाख व्यक्तिलाई खोप दिइने छ ।
दक्षिण अमेरिकी मुलुक चिलीमा हालसम्म ४१ लाख ७६ हजार व्यक्तिले खोप लिइसकेका छन् । त्यसमध्ये झण्डै पाँच लाखले दोस्रो डोज पनि लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरुका अनुसार हालसम्म चिलीमा आठ लाख ६० हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको र तीमध्ये करिब २१ हजार व्यक्तिको संक्रमणबाट मृत्यु भइसकेको छ । –सिन्ह्वा
ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार