भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा

२०८३ मंसिर ८ गते, मंगलवार

शुष्मा वोस्ती/स्याङ्जा
स्याङ्जाको भीरकोट नगरपालिकाले मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यबीचको अन्योन्याश्रित सम्बन्धलाई आत्मसात् गर्दै ‘एक स्वास्थ्य’ (वन हेल्थ) को अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएको छ । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६’ का अवसरमा सोमबार भीरकोट नगरपालिकाको कार्यालयमा आयोजित ‘एक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मार्फत नगरपालिकाले साझा प्रतिबद्धता र सामूहिक प्रतिज्ञा सार्वजनिक गरेको हो ।
भीरकोट नगरपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र दियालो स्याङ्जाको सहयोग एवं सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । ‘आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम’ अन्तर्गत आयोजित अभिमुखीकरणमा सहभागी सरोकारवालाहरूले प्रतिजैविक औषधिको सही प्रयोग, जुनोटिक रोगको रोकथाम तथा खाद्य स्वच्छतालाई प्राथमिकता दिँदै एक स्वास्थ्य अवधारणालाई नीति तथा व्यवहारसँग जोड्ने विषयमा जोड दिए ।
‘एक स्वास्थ्य’ व्यवहारमा उतार्ने प्रतिबद्धता
कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले एक स्वास्थ्यको अवधारणालाई पालिकाले व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मानव स्वास्थ्य, पशुपन्छी स्वास्थ्य र वातावरण संरक्षण एकअर्कासँग जोडिएकाले सबै क्षेत्रको सहकार्य र जिम्मेवार व्यवहारमार्फत स्वस्थ समुदाय निर्माण गरिने बताउनुभयो ।
अभिमुखीकरणमा हेफर प्रोजेक्ट नेपालका डा. अंशु प्रधानले एक स्वास्थ्यको अवधारणा, यसको महत्व र विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको सन्दर्भमा विस्तृत जानकारी दिनुभएको थियो । यस्तै, भीरकोट नगरपालिकाका पशु सेवा शाखा प्रमुख डोलराज गैह्रे, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे लगायतले पशुपालन, कृषि अभ्यास, औषधिको विवेकपूर्ण प्रयोग र अन्तरक्षेत्रीय समन्वयका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा भीरकोट नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।
‘

18 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु

२०८३ मंसिर ८ गते, मंगलवार

आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु

२०८३ मंसिर ८ गते, मंगलवार

भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा

२०८३ मंसिर ८ गते, मंगलवार

उत्तम मगरको स्वरमा रहेको  ‘आँखामा तिमी’ सार्वजनिक  ( भिडियो )

२०८३ मंसिर ८ गते, मंगलवार

भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेनको लिखित सन्देशः ‘करुणा नै सर्वोच्च शक्ति हो’

२०८३ मंसिर ७ गते, सोमबार

सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता

२०८३ मंसिर ७ गते, सोमबार

सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित

२०८३ मंसिर ७ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal