करेन्ट लागेर अपाङ्ग भएका यमविक्रमको उपचार र जिविकोपार्जनको लागि सहयोगको अपिल

२०७७ फाल्गुन २५ गते, मंगलवार

काठमाडौं । ५ वर्ष अगाडी करेन्ट लागेर अपाङ्ग भएका दोलखा वडा न. ४ काभ्रेहिटीका ३५ वर्षीय यमविक्रम दाहालले आफ्नो उपचार र जिविकोपार्जनको लागि सहयोग गर्न आग्रह गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपाल पत्रकार सम्मेलन गरेर अंपाङ्ग दाहालले आफुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै दाहालले आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न समस्या परेको बताए । उनले खाना लाउन पनि गाह्रो भएको दुखेसो गरे । फिजियोथेरापी गर्न घन्टाको २ हजार रुपैयाँ लाग्ने कारण उपचार गर्न कठिनाई भएको बताए । २०७३ सालमा रातको समयमा करेन्ट लागेपछि घाटीदेखि तलका अङ्ग नचल्ने उनले बताए । उनी उपचारको लागि २ वर्ष केएमसी अस्पताल बसेको बताए ।
केएमसी अस्पतालमा उपचार गराइरहेको बताउने अपाङ्ग यम विक्रमले ‘क’ श्रेणीको अपाङ्ग परिचयपत्र भएको र आफले महिनाको भत्ता ३ हजार रुपैयाँ पाउँदै आएको जानकारी दिए ।
गाउँपालिकाबाट महिनाको ३ हजार रुपैयाँ सहयोग स्वरुप पाएपनि त्यो पैसा अपुग भएको भन्दै उनले भने, ‘दिनदिनै डाइपर फेर्नुपर्छ औषधी खानुपर्छ ।’
करेन्ट लागेर घाइते भएपछि श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको बताए । हाल उनी ६० वर्षीया आमासँग बस्दै आएका छन् । घाइते भएपछि सरकारको तर्फबाट १ लाख रुपैयाँ राहत पाएपनि २० हजार रुपैयाँको मात्र उपचार गरेको जानकारी दिए । आफुलाई स्याहारसुसार गर्ने कोही नभएकोले ८० हजार रुपैयाँको उपचार गर्न बाकी रहेको जानकारी दिए । आफ्नो स्याहार गर्ने मानिस भएपछि बाकी रकमले १ महिना थेरापी गर्न पुग्ने बताए । घाइते दाहालले आफन्तबाट सहयोग नपाएको गुनासो गरे ।
कार्यक्रम मार्फत काठमाडौंको गोलढुंगामा अस्थायी रुपमा बसोबास गर्ने दाहालले ९८००८४५८६९ मोवाइल नम्बरमा सहयोगको लागि सम्र्पक गर्न अनुरोध गरे । उनले ३ करोड नेपाली दाजुभाईलाई आफुले सक्ने आर्थिक सहयोग गरिदिन आग्रह गरे ।

392 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal