करेन्ट लागेर अपाङ्ग भएका यमविक्रमको उपचार र जिविकोपार्जनको लागि सहयोगको अपिल

काठमाडौं । ५ वर्ष अगाडी करेन्ट लागेर अपाङ्ग भएका दोलखा वडा न. ४ काभ्रेहिटीका ३५ वर्षीय यमविक्रम दाहालले आफ्नो उपचार र जिविकोपार्जनको लागि सहयोग गर्न आग्रह गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपाल पत्रकार सम्मेलन गरेर अंपाङ्ग दाहालले आफुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै दाहालले आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न समस्या परेको बताए । उनले खाना लाउन पनि गाह्रो भएको दुखेसो गरे । फिजियोथेरापी गर्न घन्टाको २ हजार रुपैयाँ लाग्ने कारण उपचार गर्न कठिनाई भएको बताए । २०७३ सालमा रातको समयमा करेन्ट लागेपछि घाटीदेखि तलका अङ्ग नचल्ने उनले बताए । उनी उपचारको लागि २ वर्ष केएमसी अस्पताल बसेको बताए ।
केएमसी अस्पतालमा उपचार गराइरहेको बताउने अपाङ्ग यम विक्रमले ‘क’ श्रेणीको अपाङ्ग परिचयपत्र भएको र आफले महिनाको भत्ता ३ हजार रुपैयाँ पाउँदै आएको जानकारी दिए ।
गाउँपालिकाबाट महिनाको ३ हजार रुपैयाँ सहयोग स्वरुप पाएपनि त्यो पैसा अपुग भएको भन्दै उनले भने, ‘दिनदिनै डाइपर फेर्नुपर्छ औषधी खानुपर्छ ।’
करेन्ट लागेर घाइते भएपछि श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको बताए । हाल उनी ६० वर्षीया आमासँग बस्दै आएका छन् । घाइते भएपछि सरकारको तर्फबाट १ लाख रुपैयाँ राहत पाएपनि २० हजार रुपैयाँको मात्र उपचार गरेको जानकारी दिए । आफुलाई स्याहारसुसार गर्ने कोही नभएकोले ८० हजार रुपैयाँको उपचार गर्न बाकी रहेको जानकारी दिए । आफ्नो स्याहार गर्ने मानिस भएपछि बाकी रकमले १ महिना थेरापी गर्न पुग्ने बताए । घाइते दाहालले आफन्तबाट सहयोग नपाएको गुनासो गरे ।
कार्यक्रम मार्फत काठमाडौंको गोलढुंगामा अस्थायी रुपमा बसोबास गर्ने दाहालले ९८००८४५८६९ मोवाइल नम्बरमा सहयोगको लागि सम्र्पक गर्न अनुरोध गरे । उनले ३ करोड नेपाली दाजुभाईलाई आफुले सक्ने आर्थिक सहयोग गरिदिन आग्रह गरे ।
ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार