प्रधानमन्त्री ओली नै प्रतिगमनकारी

२०७७ फाल्गुन २० गते, बिहीबार

गंगा बराल
काठमाडौं । नेपाली शव्दकोषमा प्रतिगमन भन्नाले पछाडि फर्किने भनेर भनेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली पनि पछाडि फर्किएका छन् । उनले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले वदर गरिदिएपछि ओली र उनका गुटका मान्छे अलमलमा परेका छन् । संविधानको सबै प्रक्रियालाई मिचेर आफ्नो प्रधानमन्त्रीको कुर्सीमात्र केही समयलाई भए पनि जोगाउने दाउमा रहेका ओलीको सपना पनि चकनाचुर भएको छ ।
आफूसँग झण्डै दुई तिहाई सांसद भएको प्रतिनिधिसभा विघटन गरेर ओलीले नालायक शासक घोषणा गरेका थिए । पार्टीभित्रै अर्को पक्षको अवरोध भएको र कहिल्यै पनि काम गर्न नदिएको भन्दै आएका उनले अहिलेचाहिँ के उपलव्धि पाए भनेर पनि चर्चा गर्न थालिएको छ । ओलीले सर्वोच्चको निर्णय मान्ने भन्दै आए पनि देशलाई सर्वोच्चले संकटमा पारेको पनि भन्न भ्याएका छन् । ओलीले अब संसदमा र सरकारमा आफू कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन बाँकी नै छ । देशलाई स्थिरता दिन, शान्ति कायम गर्न संविधानको रक्षा गर्न र विधिको शासनका लागि आफूले साहसिक निर्णय गरेको भनेर ओलीले जति नै आदर्शका कुरा गरे पनि जनताले अब भनें त्यसलाई पत्याउन छोडिसकेका छन् । ओलीले गत पौष ५ गते राष्ट्रपतिकहाँ प्रतिनिधिसभा भंगको सिफारिस गरेपछि नै उनी एकपछि अर्को रुपमा कमजोर बनेका हुन् । भइरहेको र चलिरहेको एउटा प्रक्रियालाई मिचेर अर्को बाटोबाट गएर निकास खोज्छु भन्ने ओलीको कदम कुनै पनि अर्थमा सही नभएको स्पष्ट रुपमा बुझ्न सकिन्छ ।
ओलीका मान्छेहरुले आफूहरु भद्र भएकाले मात्र सिस्टम बचेको प्रतिक्रिया दिँदै आएका छन् । उनीहरुले अरुले गरेको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको भए यतिबेला सडक आन्दोलन भइसक्नेसमेत बताउँदै आएका थिए । सर्वोच्चले गरेको सही निर्णयको पक्षमा जनता छन् । सर्वोच्च अदालतप्रति मानिसको विश्वास पनि बढ्न थालेको छ । ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन भनेर भाषण ठोकिरहँदा मानिसहरु पनि अलमलमा थिए तर सर्वोच्चबाट आएको आकस्मिक फैसलाले ओली गुट रिसाए पनि राजनीतिक वातावरण भने सहज बन्दै गएको छ । अहिले आएर ओलीले आफ्नो सरकार टिकाउन अनेक चालवाजी गरिरहेका छन् । सरकार संकटमा पर्दै गएपछि उनले सरकारी संयन्त्र प्रयोग गर्ने दाउमा छन्, ओली र उनका प्रतिनिधिले सांसदलाई जे चाहियो त्यही दिने भनेर अफर गरेका समाचार पनि बाहिरिएका छन् ।
ओलीले जति नै चर्का भाषण गरे पनि अब उनीसँग कुनै विकल्प नरहेकाले उनी आफूलाई र सरकार टिकाउन जस्तोसुकै कदम चाल्न पनि तयार भएका छन् ।

232 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal