सहानुभुति बटुल्न खोज्दै ओली

२०७७ फाल्गुन २० गते, बिहीबार

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली आफू समस्यामा परेपछि अनेक शव्दको जाल फाल्ने गर्छन् । आफूले गरेका काम जनताको पक्षमा नभएको बुझेपछि उनले आफूलाई चोख्याउने हरेक प्रयत्न गर्दै आएका छन् ।
ओलीले गत सोमबार पोखरा पुगेर आफूलाई ज्यानको असुरक्षा भएको बताए । गृहमन्त्री ओलीकै गुटका नेता छन् । उनले आफू जतिसुकै बेला पनि असुरक्षित रहेको भनेर सहानुभुति बटुलेका छन् । गृहमन्त्री रामबहादुर थापा पनि सँगै रहेका बेला ओलीले दिएको यो अभिव्यक्तिलाई निकै रहस्यका साथ हेरिन्छ, यसको अर्थ सरकार प्रधानमन्त्रीको पनि शान्ति सुरक्षा कायम गर्न सक्दैन भने जनताको अवस्था के होला । ओलीले आफूले देश र जनताको पक्षमा राम्रो काम गरेकाले त्यो सफलता हेर्न नसक्ने तत्वले आफूविरुद्ध चलखेल गरेको पनि आरोप लगाए । ओली अगाडि पछाडि सयौैंको संख्यामा प्रहरी र सेना दौडाएर हिँड्ने गर्छन्, यो अवस्थामा पनि उनी कसरी असुरक्षित हुन्छन् भन्ने प्रश्न पनि उब्जिएको छ ।
ओलीले यस्तो भनाई राखेपछि यसबारे क्रिया प्रतिक्रिया सुरु भएको छ । ओली सधैं शव्द र व्यवहारबाट मान्छेलाई अल्मल्याउने र आफ्नो कुकर्मलाई ढाकछोप गर्ने प्रयास गर्दै आएका छन् । कुनै एउटा विषय उठाइदिएर जनतालाई त्यसको पछि दौडाउने काम गर्छन् उनी । ओलीले सरकारले तीन वर्षमा उल्लेखनीय काम गरेकाले अस्थिरता मच्चाएर स्वार्थ लुट्न खोज्ने तत्वहरु पनि पाखा लागेको समेत दाबी गरेका छन् ।
पार्टीमा संकट पर्दै गएपछि विरामी भएको बहाना गरेर अस्पताल जान पनि ओली पछि परेका थिएनन् यसअघि । प्रतिनिधिसभा विघटन गरेर राम्रो गरेको दाबी गर्दै आएका उनलाई सर्वोच्चले अस्विकार गरेपछि नराम्ररी तड्पिएका छन् । उनी अहिले उद्घाटन र शिलान्यास अभियानमा देश दौडाहामा छन् । असुरक्षित महसुश हुँदा पनि अनावश्यक रुपमा किन सरकारी सम्पत्तिको दुरुपयोग गरेर दौडनुपरेको होला भनेर पनि मानिसहरुले प्रश्न गर्न थालेका छन् । प्रधानमन्त्री पद खुस्किन लागेर तनावमा भएपछि आफ्नो नाम इतिहासमा राख्न उनी सक्रिय बन्दै गएको पनि टिप्पणी गर्न थालिएको छ ।

155 Views

ताजा

सांसद एकनाथ ढकालद्वारा कोरियाली मन्त्रिसंँग भेट

२०८१ बैशाख १२ गते, बुधबार

सांसद एकनाथ ढकालद्वारा कोरियाली मन्त्रिसंँग भेट

२०८१ बैशाख १२ गते, बुधबार

‘गणतन्त्र गौरव’ बाट पूर्वराष्ट्रपति भण्डारी सम्मानित

२०८१ बैशाख १० गते, सोमबार

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

२०८१ बैशाख १० गते, सोमबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal