प्रधानमन्त्री ओली नै प्रतिगमनकारी

२०७७ फाल्गुन २० गते, बिहीबार

गंगा बराल
काठमाडौं । नेपाली शव्दकोषमा प्रतिगमन भन्नाले पछाडि फर्किने भनेर भनेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली पनि पछाडि फर्किएका छन् । उनले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले वदर गरिदिएपछि ओली र उनका गुटका मान्छे अलमलमा परेका छन् । संविधानको सबै प्रक्रियालाई मिचेर आफ्नो प्रधानमन्त्रीको कुर्सीमात्र केही समयलाई भए पनि जोगाउने दाउमा रहेका ओलीको सपना पनि चकनाचुर भएको छ ।
आफूसँग झण्डै दुई तिहाई सांसद भएको प्रतिनिधिसभा विघटन गरेर ओलीले नालायक शासक घोषणा गरेका थिए । पार्टीभित्रै अर्को पक्षको अवरोध भएको र कहिल्यै पनि काम गर्न नदिएको भन्दै आएका उनले अहिलेचाहिँ के उपलव्धि पाए भनेर पनि चर्चा गर्न थालिएको छ । ओलीले सर्वोच्चको निर्णय मान्ने भन्दै आए पनि देशलाई सर्वोच्चले संकटमा पारेको पनि भन्न भ्याएका छन् । ओलीले अब संसदमा र सरकारमा आफू कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन बाँकी नै छ । देशलाई स्थिरता दिन, शान्ति कायम गर्न संविधानको रक्षा गर्न र विधिको शासनका लागि आफूले साहसिक निर्णय गरेको भनेर ओलीले जति नै आदर्शका कुरा गरे पनि जनताले अब भनें त्यसलाई पत्याउन छोडिसकेका छन् । ओलीले गत पौष ५ गते राष्ट्रपतिकहाँ प्रतिनिधिसभा भंगको सिफारिस गरेपछि नै उनी एकपछि अर्को रुपमा कमजोर बनेका हुन् । भइरहेको र चलिरहेको एउटा प्रक्रियालाई मिचेर अर्को बाटोबाट गएर निकास खोज्छु भन्ने ओलीको कदम कुनै पनि अर्थमा सही नभएको स्पष्ट रुपमा बुझ्न सकिन्छ ।
ओलीका मान्छेहरुले आफूहरु भद्र भएकाले मात्र सिस्टम बचेको प्रतिक्रिया दिँदै आएका छन् । उनीहरुले अरुले गरेको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको भए यतिबेला सडक आन्दोलन भइसक्नेसमेत बताउँदै आएका थिए । सर्वोच्चले गरेको सही निर्णयको पक्षमा जनता छन् । सर्वोच्च अदालतप्रति मानिसको विश्वास पनि बढ्न थालेको छ । ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन भनेर भाषण ठोकिरहँदा मानिसहरु पनि अलमलमा थिए तर सर्वोच्चबाट आएको आकस्मिक फैसलाले ओली गुट रिसाए पनि राजनीतिक वातावरण भने सहज बन्दै गएको छ । अहिले आएर ओलीले आफ्नो सरकार टिकाउन अनेक चालवाजी गरिरहेका छन् । सरकार संकटमा पर्दै गएपछि उनले सरकारी संयन्त्र प्रयोग गर्ने दाउमा छन्, ओली र उनका प्रतिनिधिले सांसदलाई जे चाहियो त्यही दिने भनेर अफर गरेका समाचार पनि बाहिरिएका छन् ।
ओलीले जति नै चर्का भाषण गरे पनि अब उनीसँग कुनै विकल्प नरहेकाले उनी आफूलाई र सरकार टिकाउन जस्तोसुकै कदम चाल्न पनि तयार भएका छन् ।

170 Views

ताजा

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘

२०८१ चैत्र १२ गते, मंगलवार

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘

२०८१ चैत्र १२ गते, मंगलवार

कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप

२०८१ चैत्र १२ गते, मंगलवार

सरकारविरुद्ध आक्रामक बालेनः मेरा विषयवस्तु गलत भए मलाई जेल हालियोस्

२०८१ चैत्र १२ गते, मंगलवार

चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै

२०८१ चैत्र १२ गते, मंगलवार

लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा

२०८१ चैत्र १२ गते, मंगलवार

कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन

२०८१ चैत्र १२ गते, मंगलवार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने

२०८१ चैत्र ८ गते, शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

२०८१ चैत्र ८ गते, शुक्रबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal