सहकारीको प्रभावकारिता बढाउन सदस्यको सन्तुष्टीलाई ध्यान दिनु आवश्यकः जिसी

२०७७ फाल्गुन १८ गते, मंगलवार

स्याङ्जा । राष्ट्रिय सहकारी बैकका केन्द्रीय सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।
जिल्ला वचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आठौ वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको हितमा हुने योजना र कार्यक्रम बनाएर सदस्यहरुका लागि काम गर्ने सहकारीहरु कहिल्यै समस्यामा नपर्ने उहाँको भनाइ थियो ।
सदस्यहरुलाई ग्राहकका रुपमा लिने प्रवृतिका कारण सहकारीको मर्म व्यवहारमा कार्यान्वयन नभएको भन्दै उहाले सदस्यहरुको हितलाई केन्द्रमा राखेर काम गर्ने सहकारीहरु सफल भएको दावी गर्नु भयो । सहकारीमार्फत उद्यमशिलता विकासका लागि विभिन्न ऐनहरु वाधक रहेको चर्चा गर्दै उहाँले सहकारीमार्फत व्यवसाय सञ्चालनका लागि वाधक ऐनहरु परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का सञ्चालक कमलादेवी गिरीले सहकारीहरुलाई प्रभावकारी बनाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुभयो ।
जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारी अभियानलाई समृद्ध समाज निर्माणमा थप क्रियाशिल र प्रभावकारी बनाउनका लागि राज्य र सहकारीबीच सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका पूर्व अध्यक्षहरु पूण्यप्रसाद अर्याल र केशवराज लम्साल, जिल्ला वचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेल, संघका सल्लाहकार मुक्ति प्रसाद पाण्डे लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
साधारणसभाको उद्घाटन सत्र संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष यज्ञ प्रसाद पाठकको स्वागत र सचिव अच्यूत प्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

236 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal