इन्जा डे भब्यताका साथ सम्पन्न
काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी दिनमा संसदलाई थप जनमुखी र प्रभाबकारी बनाउने बताउनुभएको छ ।
नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाको तेस्रो स्थापना दिबस तथा पत्रकारिता पुरस्कार र अग्रज पत्रकार सम्मान कार्यक्रममा सभामुख सापकोटाले सुशासनका लागि पत्रकारिताको ठुलो महत्व हुने उल्लेख गर्नुभएको छ ।
इन्जा ग्लोबलका उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा राजधानीमा भएको बिशेष कार्यक्रममा सभामुख सापकोटाले पत्रकारिता जगतले पछिल्लो समयमा खेलेको भुमिका ऐतिहासिक र निकै अतुलनीय रहेको बताउनुभएको छ ।
केक काटेर समुदघाटन गर्नुभएका सभामुख सापकोटाले सघीय लोकतन्त्रको मर्म अनुसार मुलुकलाई अगाडि बढाउन जनप्रतिनिधिमुलक संस्था संसदको महत्व जहिले पनि अग्रस्थानमा हुने र अब पनि सो अनुसार अगाडि बढाउन आफनो तर्फबाट अझ थप भुमिका खेल्ने कुरा पनि स्पष्ट पार्नुभएको छ ।
स्मरणीय छ, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा भएको संसद बिघटनलाई सर्बोच्च अदातलतले असंबेैधानिक ठहर गरेपछि आगामी हप्ता देखि संसद अधिबेशन संचालन हुदैछ ।
इन्जा डे का अबसरमा एक लाख रुपियाँ राशीको खोजी पत्रकारिता पुरस्कार लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्त र नागरिक दैनिकका बरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई प्रदान गरियो ।
इञ्जाले एक लाख राशीकै उत्कृष्ठ साहित्यिक कृति पुरस्कार लेखक पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गरेको छ भने ६१ हजार १ सय ११ रुपियाको इन्जा दीर्घसेवा पुरस्कार प्राध्यापक लालदेउसा राईलाई प्रदान गरिएको छ । एक लाख राशीकै इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारवझाङका कान्तिपुरकर्मी वसन्त प्रतापसिंह, रुपन्देहीका राष्ट्रिय समाचार समितिकी नीरा गौतम र दोलखाका नेपाल टेलिभिजनकी मन्दिरा थापालाई गरिएको छ ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बरिष्ठ पत्रकार गोपाल बुढाथोकी र नेपाल प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारीलाई सम्मान गरिएको थियो । बिशेष कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्ट , नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्ट, संचारिका समुहकी अध्यक्ष नीतु पण्डित , प्राध्यापक चिरञ्जीबी खनाल , प्रेस युनियनका महासचिब अजय शिवाकोटी लेखनकुञ्ज घोष्टराइटिङ्गका अध्यक्ष कमल ढकाल , इन्जाका सल्लाहकार घमराज लुइटेल , मानब अधिकार संचार प्रतिष्ठानका अध्यक्ष एवं जेण्डर बिशेषज्ञ मीना शर्माले शुभकामना दिनुभएको थियो भने पुरस्कृतका तर्फबाट राजेन्द्र पराजुली र नीरा गौतमले आभार ब्यक्त गर्नुभएको थियो ।
इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तले इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेलले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाउनुका साथै पुरस्कृत एबं सम्मानितहरुका बारेका प्रकाश पार्नुभएको थियो । इन्जा एशियाका सचिब दीपु पोख्रेलद्धारा संचालित कार्यक्रममा पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकारिता संबद्ध संघ सगठनका नेताहरुले पनि शुभकामना पठाउनुभएको थियो
अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जा संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा नेटवर्क हो । तीन वर्ष अगाडि गठन भएको यो सञ्जालको एसिया, युरोप र अमेरिकाका आफ्नो महादेशीय कमिटी गठन भइसकेको छ भने अष्ट्रेलिया र अफ्रिकामा पनि महादेशीय कमिटी विस्तार हुने क्रममा रहेको छ । संसारका धेरै मुलुकहरुमा राष्ट्रिय कमिटी विस्तार भइसकेको इञ्जाले संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एउटै सञ्जालमा जोड्ने, उनीहरुको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने र संकटमा परेका बेला पत्रकारहरुलाई सहयोग प¥याउने ¬उद्देश्य लिएको छ ।
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





