प्रचण्ड–माधव पक्षलाई ओलीको चुनौतीः दलको बैठक बोलाइदिन्छु, हटाएर देखाउनुहोस्

२०७७ फाल्गुन १७ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विधिवत रूपमै संसदीय दलको नेताबाट हटाउन नेकपा प्रचण्ड–माधव नेपाल पक्षलाई चुनौती दिएका छन् । नेकपा (ओली समूह)को गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आफूले संसदीय दलको बैठक बोलाइदिने बताए ।
ुदलको नेता फेर्नुस् न, विधिवत रूपमा फेर्नुस्, बैठक बोलाइदिन्छु, आउनुस्,ु ओलीले भने । उनले आफूलाई अविश्वासको प्रस्तावमार्फत हटाउन पनि चुनौती समेत दिए । अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस् । उहाँहरूको भाषा पद्धति र प्रक्रिया अनुसारको छ । प्रधानमन्त्री हटाउने अविश्वासको प्रस्ताव राखेर होइन, गलहत्याएर ? कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ? नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भने । प्रतिनिधि सभा पुनस्र्थापना भएपछिको विजय जुलुसका क्रममा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ भुसालले ओलीलाई प्रधानमन्त्रीबाट गलहत्याएर निकाल्ने बताएकी थिइन् ।ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए डेढ वर्षपछि दुईतिहाइ ल्याउने जिकिर गरे ।

278 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal