प्रचण्ड–माधव पक्षलाई ओलीको चुनौतीः दलको बैठक बोलाइदिन्छु, हटाएर देखाउनुहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विधिवत रूपमै संसदीय दलको नेताबाट हटाउन नेकपा प्रचण्ड–माधव नेपाल पक्षलाई चुनौती दिएका छन् । नेकपा (ओली समूह)को गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आफूले संसदीय दलको बैठक बोलाइदिने बताए ।
ुदलको नेता फेर्नुस् न, विधिवत रूपमा फेर्नुस्, बैठक बोलाइदिन्छु, आउनुस्,ु ओलीले भने । उनले आफूलाई अविश्वासको प्रस्तावमार्फत हटाउन पनि चुनौती समेत दिए । अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस् । उहाँहरूको भाषा पद्धति र प्रक्रिया अनुसारको छ । प्रधानमन्त्री हटाउने अविश्वासको प्रस्ताव राखेर होइन, गलहत्याएर ? कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ? नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भने । प्रतिनिधि सभा पुनस्र्थापना भएपछिको विजय जुलुसका क्रममा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ भुसालले ओलीलाई प्रधानमन्त्रीबाट गलहत्याएर निकाल्ने बताएकी थिइन् ।ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए डेढ वर्षपछि दुईतिहाइ ल्याउने जिकिर गरे ।