ओरालोतिर ओली
प्रतिनिधिसभा भंग गरेर आफूलाई जनताको पक्षमा उभिएको भनेर दाबी गर्दै आएका प्रधानमन्त्री खड्गप्रसाद ओलीको गलत कदमलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि ओली संकटमा परेका छन् । ओलीले आफूले साहसिक निर्णय गरेको भन्दै यसको पक्षमा लाग्न आफू निकटका नेता तथा कार्यकर्तालाई आग्रह गरे पनि अन्तिममा आएर उनको योजना असफल भएको छ ।
ओलीले आफूसँग भइरहेको बहुमतको सरकारको प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेका थिए । अरुबेला विरामी भएको बहाना गर्दै पार्टीको बैठकबाट भाग्दै आएका उनी पछिल्लो समयमा भने आफ्नो कदम सही भएको भनेर प्रचार गर्न भनें देशव्यापी रुपमा कुद्न सक्षम भएका थिए । संविधानविपरीत र प्रक्रिया नै नपु¥याई प्रतिनिधिसभा भंग गरेका उनले आफ्नो बचाउमा लाग्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । फलस्वरुप उनको कदमलाई अरुले चित्त बुझे पनि र नबुझे पनि समर्थन जनाएका थिए । ओलीको कदम गलत भएको भए पनि उनीनिकटले भने सही नै भएको भन्दै ताली पिट्दै हिँडेका थिए । ओलीले पार्टी भित्रैबाट आफूलाई काम गर्न नदिएकाले बाध्यतावश यस्तो कदम चालेको भनेर स्पष्टीकरण दिँदै आएका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि ओली र उनका पक्षधर भनें नराम्ररी बिच्किएका छन् । ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनस्र्थापना नहुने र ताजा जनादेशको विकल्प नै नरहेको भनेर प्रचार गरे पनि त्यो अन्ततः झुठो सावित भएको छ । अरु कसैले बोल्दा अदालतप्रति मानहानी भयो भन्ने ओली भनें सधैं भाषणमा सर्वोच्चले आफूलाई न्याया गर्ने भन्न छोडेका थिएनन् । सरकार ५ वर्षको रहेकोले यही अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको भनेर चौतर्फी विरोध हुँदै आएको थियो । ओलीले संविधान र कानुनभन्दा पनि वास्तविक अवस्था हेर्न र देशलाई असहज अवस्थाबाट मुक्ति दिलाउन यस्तो निर्णय गरेको सुनाएका थिए ।
यो व्यवस्थामा कोही पनि निर्वाचनको विपक्षमा नभएको तर संविधानविपरीत गएर गरिएको प्रतिनिधिसभा भंगको निर्णय खारेज गर्नुपर्छ भनेर सडकमा समेत आवाज उठेको थियो । सडकको मत र जनताको भावनालाई वास्ता नगरेका ओलीलेभनें सर्वोच्चको कदमलाई स्वागत गरेका छन् । ओलीले अदालतको सम्मान गर्ने प्रष्ट पारिसकेका छन् । उनले अबको राजनीतिमा कसरी अघि बढ्ने भनेर नजिकका सँग छलफल पनि थालेका छन् ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





