मेरा केही भाइहरुले लड्डु खुवाई गरेछन्प्रः प्रधानमन्त्री ओली

२०७७ फाल्गुन १२ गते, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसल्लालाई समान्यरुपमा लिनु पर्ने बताउनुभएको छ । आज काठमाडौंमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्ने कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला पछि प्रचण्ड माधवले खाएको लड्डुप्रति व्यङ्ग्य गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘ मेरा केही भाइहरूले लड्डु खुवाइ गरेछन्, खुसी भएर, जित्यौँ भनेर,के जितेछन् हेर्नु छ
के पाउँछन् त्यो पनि हेर्नु छ ।’ उहाँले भन्नुभयो,‘मेरो विचार भोलि पर्सिदेखि फेरी राजीनामा माग्नुहुन्छ जस्तो लागेको छ राजीनामा देऊ, राजीनामा देऊ भनेर ।’प्रधानमन्त्री ओलीले अहिलेको अवस्थालाइृ समान्यरुपमा लिएको भन्दै आफ्नो अडान बाँचुन्जेल नफेरिने बताउनुभयो ।
‘बाँचुन्जेल इमानदारीताका साथ काम गर्ने हो मरेपछि न इमानदार न बेमान केही गर्न सकिन्न ।’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म मेरो देश विकासको आकाक्षामा केही फरक पाउनु भयो र रुस्वार्थबाट लपेटिएका मान्छेहरूमा यस्ता कुराले धेरै असर गर्छ होला, राम्रो, नराम्रो, अप्ठ्यारो अप्ठ्यारो जुनसुकै अवस्थामा पनि एक समान रहनु पर्ने प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्रीले भन्नुभयो,‘सूर्य उदाउँदा र अस्ताउँदा दुवै अवस्थामा रातो भएझैँ जस्तोसुकै अवस्थालाई पनि सहज मान्नुपर्ने बताउनुभयो ।
उहाँले आफू अलिकति पनि विचलित नभएको भन्दै देश बनाउने सङ्कल्प पुरा गरेरै छाड्ने बताउनुभयो । ‘दृढताका साथ देश बनाइ छोड्ने सङ्कल्पप्रति म अलिकति पनि विचलित हुन्न ।’

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal