संविधानले गराउने भयो काँग्रेसको महाधिवेशन
रमेश कुमार बोहोरा
काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । काँग्रेसको केन्द्रीय कार्य समितिको कार्यकाल ४ वर्षको रहेको छ । विधानले १ बर्ष थप्ने व्यवस्था गरेको छ । थपिएको कार्यकाल समेत यही फागुनमा सकिँदैछ । संविधानले प्रत्येक पार्टीको महाधिवेशन ढिलोमा पनि साढे पाँचवर्षभित्रमा गरिसक्नु पर्ने व्यवस्था गरेकाले काँग्रेस महाधिवेशन गर्न बाध्य भएको हो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत वर्ष नै पार्टीको महाधिवेशन यही फागुन ७ गतेदेखि गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई उनी पक्षधरले समर्थन गरे पनि पार्टी नेतृत्वले भने चासो देखाएको थिएन । गत वर्ष नै महाधिवेशन गर्नका लागि उपयुक्त वातावरण भए पनि एकवर्ष थप्ने व्यवस्थालाई नै सदुपयोग गर्दै महाधिवेशन लम्ब्याइएको थियो । त्यसपछि कोरोनाको संक्रमण बढ्दै गएपछि एकातिर वातावरण बन्न सकेन भने अर्कातिर काँग्रेसलाई महाधिवेशन नगर्नका लागि बाहानाबाजी समेत भएको थियो । काँग्रेसको आगामी महाधिवेशनको चर्चा शुरु भएपछि उनीहरुबीच वडादेखि नै केन्द्रसम्म नेतृत्व लिनेको होडबाजी शुरु भएको छ । पछिल्लो समयमा वरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई विभिन्न समयमा दबाब दिँदै आएका छन् । विभिन्न प्रकारका आन्दोलन गर्न देउवा निष्क्रिय भएका बेला पौडेलकै दबाबमा काँग्रेस आन्दोलन गर्न बाध्य भएको छ ।
संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको काँग्रेसले आफ्नो भूमिमा खेल्न नसकेको आरोप खेप्दै आएको छ । सभापति देउवा भने हचुवाको भरमा काँग्रेसले कुनै निर्णय नगर्ने भन्दै त्यसलाई थामथुम पार्दै आएका छन् । सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आन्तरिक सहमतिमै हरेक कुरा हुँदै आएका छन् । देउवा सरकार र विशेषगरी ओलीको विरुद्धमा कुनै कार्यक्रम गर्नु भन्दा पनि मिलेरै जाने लाइनमा छन् । देउवाको कदमको पार्टीभित्रैबाट चर्को आलोचना भएको छ । सभापति देउवाले नै काँग्रेसलाई बिगारेको आरोप अर्काे पक्षले लगाउँदै आएको छ तर देउवा भने आफूले नै नेतृत्व गरेपछि काँग्रेसलाई यहाँसम्म सफल भएको दाबी गर्दै आएका छन् ।
पटक पटक बैठकमा आलोचना खेप्दै आएका देउवाले संसदीय निर्वाचनमा समेत आफूले ६ पटकसम्म जितेको र अरु नेताले त्यस्तो सफलता हाँसिल नगरेको भन्दै आफ्नो भूमिकाको प्रदर्शन गर्दै आएका छन् । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ १ बाट वरिष्ठ नेता पौडेलले समेत हार व्यहोर्नु परेको थियो । पौडेलजस्तै काँग्रेसका धेरै प्रमुख नेताहरुले पनि त्यो निर्वाचन जित्न सकेनन् । आगामी महाधिवशेनमा देउवा नै सभापतिको उम्मेदवार हुने निश्चित छ । उता अर्को पक्षबाट भने को उम्मेदवार बन्ने विषयमा अझै विवाद छ । अर्को गुटमा देखिएको विवाद र एकले अर्कालाई नपत्याउने गरेका कारण पनि देउवा फेरि पनि सभापति बन्छु भन्नेमा ढुक्क छन् । राजनीतिमा कुशल खेलाडीका रुपमा आफूलाई स्थापित गराएका उनले महाधिवेशन के हो भन्ने बुझेकाले पनि उनी अरुलाई आफूसँगको प्रतिस्पर्धी समेत ठान्ने गरेका छैनन् । देउवाले यो कार्यकालमा पौडेललाई सहित नेता कृष्णप्रसाद सिटौलालाई सभापतिमा हराएका थिए । पहिलो चरणमा सिटौला बाहिरिए पछि उनकै सहयोगमा देउवा सभापति भएका हुन् । नेपाली काँग्रैसको महाधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुप्मा निकै चासोका साथ हेरिएको छ । पार्टीभित्र विभिन्न विवाद भैरहँदा पनि त्यसलाई व्यवस्थापन गरेर भदौमा महाधिवेशन गर्नु बाध्य रहेकाले काँग्रेसको अरु कुनै विकल्प समेत छैन ।
ताजा
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





