धिरेन्द्र प्रेमशी टिका पुनलगायतका कलाकारलाई परिवार दलद्वारा सम्मान

२०७७ फाल्गुन ९ गते, आईतवार

काठमाण्डौ । लामो सययदेखि कला,साहित्य तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेर समाज बिकासमा उत्कृष्ठ योगदान गरेका ब्यत्तित्वलाई परिवार दलले सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई राजधानीमा आयोजित छुटा छुटै कार्यक्रमा सम्मान गरेका हुन् ।
नेपाल प्रज्ञा प्रतिस्ठानका, सिस्नुपानी नेपालका सदस्य कलाकार धिरेन्द्र प्रेमसी झा, लोक तथा आधुनिक गायिका टिका पुन, मैथली भाषाबिज्ञ रुपा झा, कलाकार उदिराम खड्का, एन्जल श्रेष्ठ लगायतलाई सम्मान गरेका हुन् ।
यसरी सम्मानित हुने अन्यमा युवा बैज्ञानिक बसन्त कुमार शाही, सुपर मेमोरी किङ बिजय शाही, गिनीज बुक रेकडिस्ट, मंगल बिस्ट, गायीका प्रभिमा गहतराज, गायीका स्मृति शाही,, गायक सरोज सुनाम,कलाकार लक्ष्मी शाही, पूर्व राष्ट्रसेवक,टिकारा गिरी, युवा ब्यबसायीद्धय, नरेन्द्र राय यादव, सन्तोष कुमार शाह, काजल जैशवाल, गुन्डु खान लगायत रहेका छन् । परिवार दल काठमाण्डौ–कर्णाली प्रदेश र प्रदेश २ सम्र्पक समितिद्धारा आयोजना गरेको छुटा छुटै कार्यक्रममा उनीहरुलाई अध्यक्ष ढकालले सम्मान गरेका हुन् ।
सम्मान पछि बोल्दै अध्यक्ष ढकालले प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय ब्यबस्थाको देशलाई खाँचो रहेको बताए । उनले जनतालाई दुःख दिएर गरिने कुनै प्रकारको आन्दोलनमा परिवार दलको समर्थन नरहने भन्दै सडक प्रर्दशनलाई रोक्न दलहरुलाई आवहान समेत गरे ।
पूर्वमन्त्री समेत रहेका ढकालले ब्यबस्था परिर्वतन भए पनि नेतृत्व परिर्वतन नभएकोले अहिलेको अवस्था सृजना भएको भन्दै संबिधानले दिएको अधिकार प्रयोग गर्न समेत अहिलेका दलहरुले नदिएको जिकिर गरे । उनले अहिलेको परिर्वतनलाई संस्थागत गर्नको लागि नयाँ सोच सहितको नयाँ नेतृत्वको आवश्यकता रहेको बताए ।
अध्यक्ष ढकालले प्रतिनिधी सभा बिघटन बिरुद्धको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्मसाथ गर्ने बताए उनले सबोच्चले निर्बाचनमा जाने आदेश दिए परिवार दलले निर्बाचनमा भाग लिने बताए । उनले त्यसकै लागि परिवार दलले प्रदेश भेला आयोजना गरेको उल्लेख गरे ।
ढकालले निर्वाचनमा जाँदा परिवार दलले जुन सुकै राजनीतिक दलसँग पनि सहकार्य गर्न सकिने बताउँदै नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अवधारणालाई आत्मसाथ गदै अगाडि बढेको उल्लेख गरे ।
समारोहमा बोल्दै दलका महामन्त्री बिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने पुल बन्ने बताए । डाँगीले नेपाली जनताका हरेक दुखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए ।
परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले नयाँ बिचार दिएर हिडेको राजनीतिक दललाई ठूला भनाउँदा दलहरु उठन नदिएको बताउँदै यस्को बिरुद्धमा अव युवाहरुले आवाज उठाउने बेला आएको बताए । नयाँ पुस्तालाई आशा दिने दल लाई अवको जनमत दिन आग्रह गैदै परिवार दल त्यो बिकल्प हुन सक्ने बताए ।
दलकी कोषाध्यक्ष एवम् संबिधान सभा सदस्य मिलन कुमारी राजबंशीले नेता भन्दा जनता चलाख भईसकेकोले अब कुनै पनि राजनीतिक दलको झुटो आश्वासनमा नेपाली जनता नपर्ने बताउँदै पुराना राजनितिक दलले देशको मुहार फेर्न नसक्ने बताईन । शनिबार आयोजित दुबै कार्यक्रममा दलका केन्द्रीय सदस्य मनोज कुमार सुर्खेति, गणेश कुमार श्रेष्ठ, मनोज लाल कर्ण, रामचन्द्र चौधरी, लक्ष्मी प्रसाद भण्डारी, सन्तोष दास लगायतका बत्ताहरुले अवको राजनीतिक दलको बिकल्प परिवार दल भएको बताए । भेलाले काठमाण्डौ– कर्णाली सम्पर्क समितिको संयोजकमा नेत्र शाही, सचिवमा सुनिल संञ्जेल, सहसचिवमा कबिराज बिकलाई चयन गरेको छ भने काठमाण्डौ– प्रदेश २ सम्पर्क समितिको संयोजकमा गुन्डु खानलाई चयन गरको छ ।

231 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal