बलात्कारविरुद्व नेपाल महिला संघको शनिबार शान्ति बाटिकामा विरोध प्रदर्शन

२०७७ फाल्गुन ७ गते, शुक्रबार

काठमाडौं । मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघले शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ । संघकी अध्यक्ष उमा रेग्मीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भोलि महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन गर्ने जानकारी दिएकी हुन् ।देशमा कम्युनिष्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध पनि प्रदर्शन केन्द्रित हुने बताइन् । उनले शनिबार दिउँसा १ बजे विरोध सभा समेत हुने जानकारी दिइन् ।
संघकी अध्यक्ष रेग्मीले नेपालमा बलात्कार घटना बढ्दै जानुमा सरकार जिम्मेवार भएको आरोप लगाइन् । सरकारले महिलालाई सुरक्षा दिन नसकेको भन्दै कडा आन्दोलनको चेतावनी दिइन् । उनले महिलाविरुद्धको हिंसा बढ्नुले आफूहरु गम्भीर भएको बताइन् । ‘जो पशु छ, जो राक्षस छ त्यसले मात्र बलात्कार गर्छ, ’अध्यक्ष रेग्मीले भनिन्, ‘बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्छ ।’ टुडिखेलमा १० अपराधीलाई झुण्डाएर गोली ठोकेको दिनमात्र अपराधीलाई डरत्रास हुने र समस्या न्यनिकरण हुने बताइन् । रेग्मीले विद्यालयमा नैतिक शिक्षा र यौन शिक्षा अनिवार्य रुपमा दिन पर्ने आवश्यकता औल्याइन् ।उनले सरकारको आलोचना गर्दै भनिन्, ‘बलात्कार बढी हुने देश भनेर चिनिन नपरोस ।’ नेपालकै अस्तित्व जोगाउनको निमित्त सबैजना लाग्न जरुरी रहेको बताइन् । निर्मला पन्तको हत्यारा ३ वर्ष बितिसक्दा पनि पत्ता लगाउन सरकारले नसकेको र सम्झना कामीको हत्यादेखि हालै बैतडीको भागिरथी भट्टसम्म हत्याको घटनाले गम्भीर बनाएको बताइन् । महिलाको सुरक्षाको विषय सरकारको प्राथमिकतामा नपरेको उनको आरोप थियो ।
कार्यक्रममा महिला संघका महासचिवहरु मन्जु खाँड, धना खतिवडा, उपाध्यक्ष सरस्वती अर्याल तिवारी र केन्द्रिय सदस्यलगायतको उपस्थिती थियो ।

229 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal