बलात्कारविरुद्व नेपाल महिला संघको शनिबार शान्ति बाटिकामा विरोध प्रदर्शन

काठमाडौं । मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघले शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ । संघकी अध्यक्ष उमा रेग्मीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भोलि महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन गर्ने जानकारी दिएकी हुन् ।देशमा कम्युनिष्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध पनि प्रदर्शन केन्द्रित हुने बताइन् । उनले शनिबार दिउँसा १ बजे विरोध सभा समेत हुने जानकारी दिइन् ।
संघकी अध्यक्ष रेग्मीले नेपालमा बलात्कार घटना बढ्दै जानुमा सरकार जिम्मेवार भएको आरोप लगाइन् । सरकारले महिलालाई सुरक्षा दिन नसकेको भन्दै कडा आन्दोलनको चेतावनी दिइन् । उनले महिलाविरुद्धको हिंसा बढ्नुले आफूहरु गम्भीर भएको बताइन् । ‘जो पशु छ, जो राक्षस छ त्यसले मात्र बलात्कार गर्छ, ’अध्यक्ष रेग्मीले भनिन्, ‘बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्छ ।’ टुडिखेलमा १० अपराधीलाई झुण्डाएर गोली ठोकेको दिनमात्र अपराधीलाई डरत्रास हुने र समस्या न्यनिकरण हुने बताइन् । रेग्मीले विद्यालयमा नैतिक शिक्षा र यौन शिक्षा अनिवार्य रुपमा दिन पर्ने आवश्यकता औल्याइन् ।उनले सरकारको आलोचना गर्दै भनिन्, ‘बलात्कार बढी हुने देश भनेर चिनिन नपरोस ।’ नेपालकै अस्तित्व जोगाउनको निमित्त सबैजना लाग्न जरुरी रहेको बताइन् । निर्मला पन्तको हत्यारा ३ वर्ष बितिसक्दा पनि पत्ता लगाउन सरकारले नसकेको र सम्झना कामीको हत्यादेखि हालै बैतडीको भागिरथी भट्टसम्म हत्याको घटनाले गम्भीर बनाएको बताइन् । महिलाको सुरक्षाको विषय सरकारको प्राथमिकतामा नपरेको उनको आरोप थियो ।
कार्यक्रममा महिला संघका महासचिवहरु मन्जु खाँड, धना खतिवडा, उपाध्यक्ष सरस्वती अर्याल तिवारी र केन्द्रिय सदस्यलगायतको उपस्थिती थियो ।
ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार