सर्वोच्च अदालतको जे निर्णय आएपनि मान्य हुन्छः सभापति देउवा

२०७७ फाल्गुन ६ गते, बिहीबार

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको निर्णय पार्टीलाइ मान्ने हुने बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा दायर भएको मुद्दामा अदालतले पुर्नस्पाना वा निर्वाचन जे निर्णय गरेपनि काँग्रेसलाई मान्य भएको बताएका हुन् ।
बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले संसद् विघटनका वारेमा सर्वोच्च अदालतको निर्णयनै अन्तिम भएकाले आफ्नो पार्टीलाई सर्वोच्चको निर्णय मान्य हुने बताएका हुन् ।
उनले संसद विघटनको विषयलाई हल गर्न पुनर्स्थापना र चुनाव मात्रै विकल्प रहेको पनि बताए । ‘मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, बहस चलिरा’छ, अदालतले संसद पुनस्र्थापना गर भन्यो भनेपछि स्वीकार गर्छौं, चुनाब गर भन्यो भनेपनि हामलाई स्वीकार्य छ’ सभापति देउवाले भने, ‘हाम्रो चुनाव चिन्ह रुख छँदैछ, अदालतलाई यसो गर भनेर निर्देशन दिने होइन निर्णय मान्ने हो ।’ देउवाले सडकमा प्रदर्शन गरेर अदालतलाई दवाव दिन नहुने पनि बताए ।

275 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal