भागरथी हत्या प्रकरणः किशोरले बलात्कार समेत गरेको स्वीकारे

२०७७ फाल्गुन ७ गते, शुक्रबार

बैतडी । बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूले बलात्कार समेत गरेको स्वीकारेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्यामात्रै गरेको स्वीकारे पनि बलात्कार नगरेको दावी गर्दै आएका थिए ।
तर अभियुक्त किशोरका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले लिएको बयानका क्रममा आफूले घटनास्थलमा बलात्कार गरेको स्वीकार गरेका हुन् । स्रोतका अनुसार आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले भागरथीको बलात्कारपछि हत्या गरेको उनले प्रहरीलाई बताएका छन् ।
किशोरका आफन्त केही वर्ष पहिले बलात्कृत भएको र सो बलात्कारको आरोप भागरथीका आफन्तमाथि लागेको थियो । सोही प्रकरणमा किशोरमाथि बदलाको भावना रहँदै आएको अनुसन्धानबाट खुलेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका १६ वर्षीय किशोरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुन्धानबाट अभियुक्त समात्न सफल भएको बताए । उनका अनुसार शङ्कास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

359 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal