प्रचण्ड र माधवको कपाली तमसुकका कारण नेकपा संकटमा पर्योः नेता अधिकारी

२०७७ फाल्गुन ६ गते, बिहीबार

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले प्रचण्ड र माधव नेपालको कपाली तमसुकका कारण पार्टी संकटमा परेको बताउनु भएको छ । के.पी. ओलीलाई दुवै पदबाट बर्खास्त गरी एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष बन्ने कपाली तमसुक गरेका कारण पार्टी संकटमा परेको भन्दै नेता अधिकारीले पार्टीलाई विघटनमा लैजाने प्रचण्ड–माधवको षडयन्त्र चिरेर अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
फागुन १५ गते पोखरामा हुने जनसभाको तयारीका लागि बुधवार बागलुङमा आयोजित तयारी भेलामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका गण्डकी प्रदेश सहइन्चार्ज समेत रहेका नेता अधिकारीले वेमौसममा पदका लागि मरिहत्ते गर्नेहरुको षडयन्त्र आम जनतालाई जानकारी गराउनु पर्नेमा जोड दिनुभयो ।
प्रचण्डले केपी ओलीका विरुद्ध ल्याएको राजनीतिक प्रस्ताव नामको आरोप पत्र फिर्ता गरेर अगाडि बढ्न ओलीले राखेको प्रस्तावमा प्रचण्ड सहमत भए पनि माधव नेपाल सहमत नभएका कारण समस्या आएको उहाँको भनाइ थियो । पार्टी विघटन भए पनि हुन्छ, पद चाहिन्छ भन्ने मानसिकता भएकाहरुको बारेमा जनतालाई यथार्थ जानकारी गराउन आवश्यक रहेको अधिकारीको भनाइ थियो ।
पार्टी र सरकारलाई अन्यौलता, अस्थिरता र अकर्मण्यतामा पु¥याउनेहरुका आरोपहरुको खण्डन र राष्ट्रिय स्वाधिनताको रक्षा, ताजा जनादेश र विकासको निरन्तरताका लागि फागुन १५ गते प्रदेश स्तरीय जनसभाको आयोजना गरिएको भन्दै उहाँले सभा सफल पार्न सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुन लागेको जनसभामा १ लाख ३० हजार जनता पोखरामा उतार्ने गरी अभियान सञ्चालन गरिएको नेकपाका गण्डकी प्रदेश सचिव गोविन्द बहादुर नेपालीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका ११ जिल्लाबाट नेता कार्यकर्तालाई सहभागि गराउने उद्देश्यका साथ आयोजित जनसभाका लागि जिल्ला जिल्लामा संयोजन समिति गठन गरी प्रचार अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज मन कुमारी केसी जिसी, केन्द्रीय सदस्यहरु लिला बहादुर थापा र तुलसी अर्याल लगायतले पार्टीको प्रदेश स्तरीय सभा सफल पार्न सबै नेता कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आव्हान गर्नु भएको थियो ।
जनसभा सम्पन्न गर्नका लागि बागलुङमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सइन्चार्ज मन कुमारी केसी जिसीको संयोजकत्वमा ६१ सदस्यीय मुल जनपरिचालन कमिटि गठन गरिएको छ ।
बागलुङबाट उक्त कार्यक्रममा ८ हजार जनालाई सहभागि गराउने गरी कार्ययोजना बनाइएको र सोही अनुसार ९ वटा कलष्टर निर्माण गरी केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, जनप्रतिनिधि लगायत जनसंगठनका पदाधिकारीहरुलाई जिम्मेवारी तोकिएको जिल्ला कार्यालय सदस्य कृष्ण पाठकले जानकारी दिनुभयो ।
कार्यक्रम जिल्ला कार्यालय सदस्य पाठकको अध्यक्षता, जिल्ला सचिवालय सदस्य सावित्रा रानाको स्वागत र जिल्ला सदस्य दिपक गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

284 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal