राष्ट्रपतीलाई नेता श्रेष्ठको प्रश्नः प्रधानमन्त्रीले चौरासी ब्यञ्जन भन्दै घाँस दिएमा पनि खाने हो ?

२०७७ फाल्गुन ६ गते, बिहीबार

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल, शिल्पी विशेष प्रदेश र नेवाः राष्ट्रिय समिति तथा समाजवादी विद्यार्थी युनियनले सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बुधबार प्रतिगमन तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि, जातीय विभेद र महिला हिंसाविरूद्ध उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले विरोध प्रदर्शनमा निरंकुश प्रधानमन्त्री मुर्दावाद, महिलामाथिको हिंसा बन्द गर, सामाजिक सुरक्षा कायम गर, बढ्दो महँगी नियन्त्रण गर, प्रतिनिधिसभा पुनर्स्थापना गर लगायत प्लेकार्ड बोक्नुका साथै थाल ठटाएर तथा ग्यासको सिलिन्डर बोकेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए । उनीहरुले प्रतिनिधि सभा विघटन र बढदो हत्या हिंसाको विरोध गर्नुको साथै गरी मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका थिए ।
कार्यक्रममा जसपाका केन्द्रीय नेता राजेन्द्र प्रसाद श्रेष्ठले संविधानको धारा ७६ (५) अनुरूप बनेको सरकारले विश्वासको मत लिन नसकेको अवस्थामा बाहेक अरु अवस्थामा संसद विघटन गर्न नपाउने स्पष्ट व्यवस्था रहेको भन्दै राष्ट्रपतिले संविधानको संरक्षक र पालनकर्ताको भूमिका निर्वाह नगरेकोमा आक्रोश व्यक्त गरे । उनले राष्ट्रपती आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले चौरासी ब्यञ्जन भन्दै घाँस दिएमा पनि खाने हो भनेर प्रश्न गरे ।
पेट्रोलियम पदार्थमा पूर्वाधार विकासको नाममा लिने गरेको थप कर खारेजीको माग
नेपाल आयल निगमले मंगलबार पेट्रोल, डिजेल, हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँले बढाएको थियो भने खाना पकाउने ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको भन्दै निगमले समायोजन गरेको पेट्रोलियम पदार्थको मूल्य साढे २ वर्ष यताकै उच्च हो । यता प्रदर्शनकारीहरुले भने एक साता नबित्दै पुनः मुल्य बढेकोमा आक्रोस व्यक्त गरेका छन ।
जसपा नेता श्रेष्ठले निगमले स्वचालित मुल्य प्रणाली भने पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा तद्नुरूप नघटाएकोमा ओली सरकारको कटाक्ष गर्दै लोककल्याणकारी सरकार हो भने जनताको लागि अत्यावश्यक वस्तुमा अनुदान दिनुपर्ने बताए । उनले पेट्रोलियम पदार्थमा पूर्वाधार विकास करको नाममा थप १० रुपैयाँ लिने गरेकोमा आपत्ति जनाउँदै यसले विपन्न, गरिव, बेरोजगार तथा विद्यार्थीहरूलाई समस्या परेकाले पूर्वाधार विकासको नाममा लिएको अतिरिक्त कर खारेज गर्नुपर्ने बताए । उनले जातीय विभेद तथा लैंगिक हिँसा र बलात्कार गर्नेहरूमाथि कडा कारवाहीको माग गरे ।
पार्टीका केन्द्रीय सदस्यहरू रेखा यादव, लिला सिटौला, दलमर्दन कामी, मनरत्न शाक्य, परिवर्तन भट्टराई, ए।बि।खाती, विद्यार्थी नेता रूपनारायण श्रेष्ठ लगायतले समेत सम्बोधन गरेको उक्त कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य गांगानारायण श्रेष्ठ, केन्द्रीय सदस्यहरू राधा तिमिल्सिना, खगेन्द्र माखिम, लाल वहादुर तामाङ, न्हुच्छेलाल महर्जन, इश्वर रिजाल, रत्नविक्रम स्याङ्बो, लालध्वज नेम्बाङ, रविन्द्र थिङ, सिंहवहादुर तामाङ आदिको पनि उपस्थिति रहेको थियो ।

432 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal