राष्ट्रपतीलाई नेता श्रेष्ठको प्रश्नः प्रधानमन्त्रीले चौरासी ब्यञ्जन भन्दै घाँस दिएमा पनि खाने हो ?
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल, शिल्पी विशेष प्रदेश र नेवाः राष्ट्रिय समिति तथा समाजवादी विद्यार्थी युनियनले सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बुधबार प्रतिगमन तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि, जातीय विभेद र महिला हिंसाविरूद्ध उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले विरोध प्रदर्शनमा निरंकुश प्रधानमन्त्री मुर्दावाद, महिलामाथिको हिंसा बन्द गर, सामाजिक सुरक्षा कायम गर, बढ्दो महँगी नियन्त्रण गर, प्रतिनिधिसभा पुनर्स्थापना गर लगायत प्लेकार्ड बोक्नुका साथै थाल ठटाएर तथा ग्यासको सिलिन्डर बोकेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए । उनीहरुले प्रतिनिधि सभा विघटन र बढदो हत्या हिंसाको विरोध गर्नुको साथै गरी मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका थिए ।
कार्यक्रममा जसपाका केन्द्रीय नेता राजेन्द्र प्रसाद श्रेष्ठले संविधानको धारा ७६ (५) अनुरूप बनेको सरकारले विश्वासको मत लिन नसकेको अवस्थामा बाहेक अरु अवस्थामा संसद विघटन गर्न नपाउने स्पष्ट व्यवस्था रहेको भन्दै राष्ट्रपतिले संविधानको संरक्षक र पालनकर्ताको भूमिका निर्वाह नगरेकोमा आक्रोश व्यक्त गरे । उनले राष्ट्रपती आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले चौरासी ब्यञ्जन भन्दै घाँस दिएमा पनि खाने हो भनेर प्रश्न गरे ।
पेट्रोलियम पदार्थमा पूर्वाधार विकासको नाममा लिने गरेको थप कर खारेजीको माग
नेपाल आयल निगमले मंगलबार पेट्रोल, डिजेल, हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँले बढाएको थियो भने खाना पकाउने ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको भन्दै निगमले समायोजन गरेको पेट्रोलियम पदार्थको मूल्य साढे २ वर्ष यताकै उच्च हो । यता प्रदर्शनकारीहरुले भने एक साता नबित्दै पुनः मुल्य बढेकोमा आक्रोस व्यक्त गरेका छन ।
जसपा नेता श्रेष्ठले निगमले स्वचालित मुल्य प्रणाली भने पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा तद्नुरूप नघटाएकोमा ओली सरकारको कटाक्ष गर्दै लोककल्याणकारी सरकार हो भने जनताको लागि अत्यावश्यक वस्तुमा अनुदान दिनुपर्ने बताए । उनले पेट्रोलियम पदार्थमा पूर्वाधार विकास करको नाममा थप १० रुपैयाँ लिने गरेकोमा आपत्ति जनाउँदै यसले विपन्न, गरिव, बेरोजगार तथा विद्यार्थीहरूलाई समस्या परेकाले पूर्वाधार विकासको नाममा लिएको अतिरिक्त कर खारेज गर्नुपर्ने बताए । उनले जातीय विभेद तथा लैंगिक हिँसा र बलात्कार गर्नेहरूमाथि कडा कारवाहीको माग गरे ।
पार्टीका केन्द्रीय सदस्यहरू रेखा यादव, लिला सिटौला, दलमर्दन कामी, मनरत्न शाक्य, परिवर्तन भट्टराई, ए।बि।खाती, विद्यार्थी नेता रूपनारायण श्रेष्ठ लगायतले समेत सम्बोधन गरेको उक्त कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य गांगानारायण श्रेष्ठ, केन्द्रीय सदस्यहरू राधा तिमिल्सिना, खगेन्द्र माखिम, लाल वहादुर तामाङ, न्हुच्छेलाल महर्जन, इश्वर रिजाल, रत्नविक्रम स्याङ्बो, लालध्वज नेम्बाङ, रविन्द्र थिङ, सिंहवहादुर तामाङ आदिको पनि उपस्थिति रहेको थियो ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





