नेकपाको दवाबले अदालत र निर्वाचन आयोग अनिर्णयको बन्दी भयोेः नेता महर

२०७७ फाल्गुन ४ गते, मंगलवार

बझाङ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुबै समुहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । आधिकारिक रुपमा बिभाजन भइ नसकेका दुबै समुहको दवाबकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाई भइरहेको नेता महरको आशंका छ ।
नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन तथा बझाङका तरुण नेता अमृतबहादुर सिंह ’लखन’ को हत्याको विरोधमा बझाङको पाथिभरामा आयोजित बिरोध सभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाईका कारण राजनीतिक संकट प्रतिदिन गहिरिदै गएको बताए । “सर्वोच्च अदालतलाई राजनीतिक दवाबमा राख्ने काम भएको छ” नेबिसंघका पूर्व अध्यक्ष समेत रहेका महरले भने– “अदालतले निर्णय दिन गरिरहेको ढिलाईले मुलुकमा धु्रबिकरणसँगै संकट थपिदै गएको छ ।” महरले मुलुकलाई थप संकटबाट जोगाउने जिम्मेवारी अदालतलाई रहेको बताए । “अदालतले जति दिन फैसला गर्न समय लिन्छ त्यति नै समस्या बढ्दै जाने देखिन्छ ” महरले भने अदालतको निर्णयमा कुनै पनि खाले दवाव देखिनु हुँदैन ।” सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संबिधानभन्दा माथि जान खोजेको आरोप लगाए । साथै उनले कम्युनिष्ट सरकारबाट असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन संविधानमाथि गरिदैँ आएको उल्लंघनको निरन्तरता मात्र भएको बताए । कांग्रेस कार्यकर्ता हत्याको बिरोधमा नेता महरले सरकार आफै अपराधीको नायके जस्तै देखिएको आरोप लगाए ।
“सत्तारुढ दलकै जिम्मेवार मान्छेको संलग्नतामा कांगेस कार्यकर्ताको हत्या भएको छ” महरले प्रश्न गरे– “कानुनी राज्यमाथिको यो भन्दा ठुलो चुनौती के हुनसक्ला रु” “निर्मला पन्तका हत्यारा सरकारले नै जोगायो, अहिले भारगरथी भट्टको अनुसन्धानमा ढिलाई गरिरहेको छ” महरले भने– “अब सरकारसँग आश गर्ने ठाउँ बाँकी छैन ।” नेता महरले नेपालका कम्युनिष्टहरुले हिड्दैँ पाइला मेट्दैँको प्रवृति देखाएको जिकिर गरे । “जुन मतदाताले नेकपालाई पत्याएर दुई तिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने ? कम्युनिष्टप्रति रोस प्रकट गर्दै उनले भने, “अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बांकी छैन ।” उनले कहिले सत्ता र कहिले प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पु¥याउने नेपालमा कम्युनिष्ट शक्तिको विशेषता नै देखिएको टिप्पणी गरे । कम्युनिष्ट शक्ति देशका लागि जहिले दुर्भाग्य भएको आरोप लगाउदै नेता महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे ।

317 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal