नेकपाको दवाबले अदालत र निर्वाचन आयोग अनिर्णयको बन्दी भयोेः नेता महर

बझाङ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुबै समुहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । आधिकारिक रुपमा बिभाजन भइ नसकेका दुबै समुहको दवाबकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाई भइरहेको नेता महरको आशंका छ ।
नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन तथा बझाङका तरुण नेता अमृतबहादुर सिंह ’लखन’ को हत्याको विरोधमा बझाङको पाथिभरामा आयोजित बिरोध सभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाईका कारण राजनीतिक संकट प्रतिदिन गहिरिदै गएको बताए । “सर्वोच्च अदालतलाई राजनीतिक दवाबमा राख्ने काम भएको छ” नेबिसंघका पूर्व अध्यक्ष समेत रहेका महरले भने– “अदालतले निर्णय दिन गरिरहेको ढिलाईले मुलुकमा धु्रबिकरणसँगै संकट थपिदै गएको छ ।” महरले मुलुकलाई थप संकटबाट जोगाउने जिम्मेवारी अदालतलाई रहेको बताए । “अदालतले जति दिन फैसला गर्न समय लिन्छ त्यति नै समस्या बढ्दै जाने देखिन्छ ” महरले भने अदालतको निर्णयमा कुनै पनि खाले दवाव देखिनु हुँदैन ।” सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संबिधानभन्दा माथि जान खोजेको आरोप लगाए । साथै उनले कम्युनिष्ट सरकारबाट असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन संविधानमाथि गरिदैँ आएको उल्लंघनको निरन्तरता मात्र भएको बताए । कांग्रेस कार्यकर्ता हत्याको बिरोधमा नेता महरले सरकार आफै अपराधीको नायके जस्तै देखिएको आरोप लगाए ।
“सत्तारुढ दलकै जिम्मेवार मान्छेको संलग्नतामा कांगेस कार्यकर्ताको हत्या भएको छ” महरले प्रश्न गरे– “कानुनी राज्यमाथिको यो भन्दा ठुलो चुनौती के हुनसक्ला रु” “निर्मला पन्तका हत्यारा सरकारले नै जोगायो, अहिले भारगरथी भट्टको अनुसन्धानमा ढिलाई गरिरहेको छ” महरले भने– “अब सरकारसँग आश गर्ने ठाउँ बाँकी छैन ।” नेता महरले नेपालका कम्युनिष्टहरुले हिड्दैँ पाइला मेट्दैँको प्रवृति देखाएको जिकिर गरे । “जुन मतदाताले नेकपालाई पत्याएर दुई तिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने ? कम्युनिष्टप्रति रोस प्रकट गर्दै उनले भने, “अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बांकी छैन ।” उनले कहिले सत्ता र कहिले प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पु¥याउने नेपालमा कम्युनिष्ट शक्तिको विशेषता नै देखिएको टिप्पणी गरे । कम्युनिष्ट शक्ति देशका लागि जहिले दुर्भाग्य भएको आरोप लगाउदै नेता महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार