बौद्ध परम्परा ‘प्रवज्या संवर’बारे प्रवचन

२०७७ फाल्गुन ४ गते, मंगलवार

काठमाडौं । नेवार समुदायभित्र बज्राचार्य एवं शाक्य जातिले गर्दै आएको विहार (संघ) प्रवेश गर्ने परम्परा प्रवज्या सबर (बरे छुइगु) बारे प्रा.डा नरेशमान बज्राचार्यले प्रष्ट पार्नुभएको छ । परम्पराबारे ज्ञानको कमी हुन थालेको र यसकारण परम्परा निरन्तरतामा समेत चुनौती थपिएकोप्रति ध्यान दिँदै जिसि आजु गुठी, रत्न केतु महाविहार झ्वाःबाहालले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बरे छुईगु अर्थात प्रबज्या सबर भनेको के हो ? किन गरिन्छ ? र कसरी गरिन्छ ? भन्ने विषयमा लुम्बिनी बौद्ध विश्व विद्यालयको निवर्तमान उप कुलपति समेत रहनु भएका प्रा. डा. बज्राचार्यले बताउनु भएको हो । कार्यक्रममा प्रा.डा. बज्राचार्यले “आजीवन जिम्मेवारी वहन गर्ने प्रतिवद्धताका साथ सदस्यता प्राप्त गर्नु नै ‘बरे छुइगु’ परम्परा हो भन्नु हुँदै १० शील पालना गर्नु, समाधि (ध्यान) गर्ने अर्थात प्राप्त ज्ञानको चिन्तन मनन गरी साक्षात्कार गर्ने, तथा बौद्ध विद्यार्थी जीवनयापन गर्ने अभ्यासको आरम्भ नै प्रवज्या सबर हो ।” भन्नुभयो ।
प्रबज्या सबर (बरे छुईगु) बारे शैक्षिक कार्यक्रम आवश्यक भएको महशुस गर्दै आयोजना गरेको नेपाल सरकारका पूर्व सह–सचिव एवं समितिका सह–संयोजक÷संचालक आनन्दरत्न बज्राचार्यले बताउनु भयो । प्रा.डा. गौतमरत्न बज्राचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा गुथिका पाँच थकाली (ज्येष्ठ सदस्यहरु) अशोक रत्न बज्राचार्य, प्रा. डा. गौतम रत्न बज्राचार्य , मोहनमानन्द बज्राचार्य, सानुराजा बज्राचार्य र नरेन्द्र रत्न बज्राचार्यको उपस्थिति रहेको उक्त कार्यक्रममा गुथिका ६ जनाको प्र्रवज्या सबर हुन गइरहेको समेत जानकारी गराइएको छ । कार्यक्रम फागुन ५, ७, ८ र ११ गते हुनेछ ।

366 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal