बौद्ध परम्परा ‘प्रवज्या संवर’बारे प्रवचन

काठमाडौं । नेवार समुदायभित्र बज्राचार्य एवं शाक्य जातिले गर्दै आएको विहार (संघ) प्रवेश गर्ने परम्परा प्रवज्या सबर (बरे छुइगु) बारे प्रा.डा नरेशमान बज्राचार्यले प्रष्ट पार्नुभएको छ । परम्पराबारे ज्ञानको कमी हुन थालेको र यसकारण परम्परा निरन्तरतामा समेत चुनौती थपिएकोप्रति ध्यान दिँदै जिसि आजु गुठी, रत्न केतु महाविहार झ्वाःबाहालले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बरे छुईगु अर्थात प्रबज्या सबर भनेको के हो ? किन गरिन्छ ? र कसरी गरिन्छ ? भन्ने विषयमा लुम्बिनी बौद्ध विश्व विद्यालयको निवर्तमान उप कुलपति समेत रहनु भएका प्रा. डा. बज्राचार्यले बताउनु भएको हो । कार्यक्रममा प्रा.डा. बज्राचार्यले “आजीवन जिम्मेवारी वहन गर्ने प्रतिवद्धताका साथ सदस्यता प्राप्त गर्नु नै ‘बरे छुइगु’ परम्परा हो भन्नु हुँदै १० शील पालना गर्नु, समाधि (ध्यान) गर्ने अर्थात प्राप्त ज्ञानको चिन्तन मनन गरी साक्षात्कार गर्ने, तथा बौद्ध विद्यार्थी जीवनयापन गर्ने अभ्यासको आरम्भ नै प्रवज्या सबर हो ।” भन्नुभयो ।
प्रबज्या सबर (बरे छुईगु) बारे शैक्षिक कार्यक्रम आवश्यक भएको महशुस गर्दै आयोजना गरेको नेपाल सरकारका पूर्व सह–सचिव एवं समितिका सह–संयोजक÷संचालक आनन्दरत्न बज्राचार्यले बताउनु भयो । प्रा.डा. गौतमरत्न बज्राचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा गुथिका पाँच थकाली (ज्येष्ठ सदस्यहरु) अशोक रत्न बज्राचार्य, प्रा. डा. गौतम रत्न बज्राचार्य , मोहनमानन्द बज्राचार्य, सानुराजा बज्राचार्य र नरेन्द्र रत्न बज्राचार्यको उपस्थिति रहेको उक्त कार्यक्रममा गुथिका ६ जनाको प्र्रवज्या सबर हुन गइरहेको समेत जानकारी गराइएको छ । कार्यक्रम फागुन ५, ७, ८ र ११ गते हुनेछ ।
ताजा

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबार
मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने
२०८१ फाल्गुन २६ गते, सोमबार
काठमाडौं महानगरलाई राप्रपाले बुझायो जरिवाना
२०८१ फाल्गुन २६ गते, सोमबार
पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाहिर भव्य स्वागत
२०८१ फाल्गुन २५ गते, आईतवार
साइत बिग्रने डरले दही खाएर काठमाडौं फर्किँदै पूर्व राजा ज्ञानेन्द्र
२०८१ फाल्गुन २५ गते, आईतवार
भ्रष्टाचारीको नेतृत्वमा सर्लाही कांग्रेस, देउवाले नै काखी च्यापेको आरोप
२०८१ फाल्गुन २५ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार