तीन वर्षमा के के गरे प्रधानमन्त्री ओलीले ?

२०७७ फाल्गुन २ गते, आईतवार

काठमाडौं । खड्गप्रसाद ओली प्रधानमन्त्री भएको भोली तीन वर्ष पूरा हुने छ । प्रतिनिधिसभाको २०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ठूलो दल भएपछि ओलीले सरकारको नेतृत्व गरेका थिए ।
ओलीले आफ्नो कार्यकाल राम्रो भएको दाबी गर्दै आएका छन् । नेकपाले जनतालाई विश्वासमा लिँदै मतदान गर्न आव्हान गरेको थियो । जनताले अरु पार्टीलाई पटकपटक मतदान गरेको तर पनि आफ्नो पक्षमा कसैले काम गर्न नसकेको भनेर गुनासो गदैृ आएका बेला नेकपाले जनताको लागि नयाँ प्याकेज ल्याएको थियो । पार्टीले ल्याएको घोषणापत्रलाई पत्याउँदै जनताले पनि नेकपाबाट केही होला भन्ने आशा गरेका थिए । ओलीले यसअघि गरेको प्रतिबद्धता र केही उदाहरणीय कामको लागि जनताले फेरि पत्याए पनि त्यो अनुसारको काम नभएको भनेर जनताले आलोचना गर्न थालेका छन् । ओलीले भने आफूले गरेको विकास निर्माणका काम देख्दा विपक्षीहरु अत्तालिएको समेत भन्न भ्याएका छन् ।
पार्टी एकता हुँदा ओली र दाहालबीच भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमति बीचैमा आएर टुटेपछि पार्टीमा विवाद सिर्जना भएको थियो । ओलीले दाहाललाई कमजोर ठानेपछि प्रधानमन्त्री नदिने संकेत गरेपछि उनीहरुबीच दूरी बढ्दै आएको थियो । दाहालले २०७६ मंसिर ४ गते आफूलाई प्रधानमन्त्री नभए पनि हुने र आफूलाई पार्टी सञ्चालनको जिम्मेवारी दिनुपर्ने माग राखेपछि ओलीले दाहालको ईच्छा पूरा गरिदिएका थिए । दाहाललाई कार्यकारी अध्यक्ष बनाइए पनि पार्टीका बैठक बोलाउन ओलीले नदिएको र आफ्नो भूमिका गौण बनाएको भन्दै असन्तुष्टि जनाएका थिए ।
प्रतिनिधिसभाको सदस्यको सपथ नै नलिई ओली अत्तालिएर प्रधानमन्त्री हुन पाउँ भन्दै सांसदहरुको समर्थनमा राष्ट्रपति कार्यालय पुगेका थिए । त्यसअघि दाहालले अब नयाँ कदम चाल्न सक्छु भनेर सार्वजनिक रुपमा नै अभिव्यक्ति दिएपछि ओली प्रधानमन्त्री बन्न पाइदैन कि भनेर हतारिएका थिए । ओलीले आफ्नै कारण पार्टी यो अवस्थामा आइपुगेको भनिरहेका छन् । ओलीले पार्टीका अरु कुनै पनि नेतालाई मतलव नगरेका कारण पनि आन्तरिक संकट व्यवहोर्दै आएको नेकपा अहिले गम्भीर मोडमा पुगेको छ ।

434 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal