अनावश्यक आन्दोलन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक रुपमा संकटमा परेको बेला दुवै समूह शक्ति प्रदर्शनको होडबाजीमा छन् । उनीहरुले सडकलाई नै प्रयोग गर्दै आएका छन् ।
पौष ५ गते प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि नेकपामा प्रष्ट रुपमा दुई धार देखिएको छ । त्यही दिन नेकपा दाहाल–नेपाल समूहका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । प्रधानमन्त्रीले आफ्नो कदमको बचाउ गर्दै आएका छन् भने अर्को पक्षले ओलीको कदम प्रतिगामी र असंवैधानिक भएको भन्दै सडक आन्दोलनलाई अन्तिम विकल्प ठान्दै आएको छ । दुवै समूह सडकमा आएर आफूसँग बढी मान्छे भएको र आफू नै आधिकारिक पार्टी भएको दाबी गर्दैछन् तर सडकमा आएका सबै मान्छे आफ्ना हुँदैनन् भन्ने उनीहरुले बुझेका छैनन् ।
दुवै समूहले भाडाका मानिस ल्याएका छन्, उनीहरुले केवल सभामा देखिने र संख्या बढाउने मात्र गरेका छन् उनीहरुलाई किन र केका लागि सभामा आयौं भन्ने पनि थाहा छैन । पार्टीहरुले विभिन्न आश्वासन दिएर सर्वसाधारणलाई काठमाडौं ल्याएका छन् । पार्टीको आधिकारिकताको विवाद कायम रहेको बेला देखिने शक्ति प्रदर्शनलाई नै उनीहरुले निर्णायक ठान्दै आएका छन् । पार्टीका दुवै समुह सडकमा आएपछि जनता भने अन्यौलमा परेका छन् । ओलीले वैशाखमा निर्वाचन गर्ने भएकाले त्यसको प्रचारको अभियान चलाएका छन्, उता अर्को पक्षले पनि ओलीको कदमको विरोधमा नागरिकलाई चेतना बाँड्दै आएको छ ।
सभामा एकले अर्कालाई गाली गरेर आफूमात्र राम्रो बन्ने प्रयास गरेका छन् । हिजो पार्टीमा हुँदा सँगै काम गरेकाहरु आज आएर मत विभाजन भएपछि विगतका घटनाक्रमलाई पनि ल्याएर आरोप प्रत्यारोप गर्न थालेका छन् त्यसो हुँदा राजनीतिक दल र उनीहरुको आचरणप्रति मानिसको विश्वास घट्दै गएको छ ।
ताजा

नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान
२०८२ जेष्ठ २९ गते, बिहीबार
नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान
२०८२ जेष्ठ २९ गते, बिहीबार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबार
भीरकोटमा कृषि र पशु विकासमा परियोजना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मंगोलियाका प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायोः कांग्रेस नेता डा.शर्मा
२०८२ जेष्ठ २३ गते, शुक्रबार
वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?
२०८२ जेष्ठ २३ गते, शुक्रबार
जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न
२०८२ जेष्ठ २३ गते, शुक्रबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार