अस्थिरता ल्याउने ओली कि प्रचण्ड ?
रमेशकुमार बोहोरा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्धन्द्धका कारण देश संकटमा परेको छ । पार्टीको स्वार्थका कारण अबको राजनीति के होला भन्ने अन्यौलता झन् बढ्दै गएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई पार्टीभित्रैबाट असहयोग भएकाले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको स्पष्ट पार्दै आएका छन् । पार्टीभित्रको समस्या मिलाउन नसक्दा लिएको अडान अस्वभाविक भएको र यसले देशलाई प्रतिगमनतिर धकेलेको भन्दै आलोचना भएको छ । ओलीले आफूसँग झण्डै दुई तिहाई बहुमत रहेकाले अर्को सरकार बन्ने कुनै सम्भावना नरहेको पनि भन्न छोडेका छैनन् । पार्टी भित्रैबाट अविश्वासको प्रस्ताव आउने भएपछि अत्तालिएर प्रतिनिधिसभा विघटन गरेका ओलीले आफ्नो कदमको बचाउ गर्न अनेक प्रयास गर्दै आए पनि जनतालाई चित्त बुझाउन भने सकेका छैनन् । ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन गर्ने घोषणा पनि गरेका छन् । निर्वाचनमा गएर ताजा जनादेश लिनु प्रतिगमन नभएको ओलीको तर्क छ । नेकपाको दाहाल–नेपाल पक्षले भनें सधैं निर्वाचन गरिरहनुले देशलाई ठूलो भार पर्ने भएकाले अहिलेको अवस्थामा निर्वाचन कल्पना पनि गर्न नसकिने बन्दै आएको छ ।
ओलीले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिरहेका छन् । ओलीले घोषित मितिमा नै निर्वाचन हुने दाबी गर्दै आएका छन् । ओलीले निर्वाचन आयोग पनि तयारीमा लागिसकेको र सरकार पनि निर्वाचन गराउनमै केन्द्रित भइसकेकाले कुनै पनि कारणले निर्वाचन नरोकिने भन्दैछन् । नेकपाको दाहाल–नेपाल समूहले निर्वाचनबारे असहमति नजनाए पनि ओलीले संविधान मिचेर निर्वाचनको घोषणा गरेको र संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेकोमा असहमति जनाएको छ । ओलीले संविधानको रक्षा गर्नु आफ्नो कर्तव्य भएको र संविधानसम्मत ढंगले नै प्रतिनिधिसभा विघटन गरेको तर्क गरेका छन् । सरकार बन्ने विभिन्न विकल्प हुँदाहुँदै ओलीले कुनै पनि आधारमा अब सरकार बन्ने सम्भावना छैन भनेर लिएको अडान गलत भएको भन्दै जान्नेबुझ्नेहरु तर्क गर्दै आएका छन् । कानुनविद्हरुले पनि ओलीको कदम असंवैधानिक भएको र वर्तमान व्यवस्था समेत धरापमा पार्ने गरी चालिएको कदम फिर्ता लिएर देशलाई अस्थिरताबाट बचाउनुपर्ने सुझाव दिँदै आएका छन् ।
ओलीले यो अवस्था आउनुमा पार्टीका अर्का पक्षका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दोष दिएका छन् । प्रचण्डले सरकारलाई आफ्नो तर्फबाट सक्दो सहयोग गरेको तर ओलीकै घमण्ड र बालहठका कारण यो अवस्था आएको प्रष्ट पारेका छन् । प्रचण्डले सरकार सञ्चालन आफू र आफ्नो पक्षले कहिल्यै पनि अवरोध नगरेको, ओलीको महत्वाकांक्षा र काम गर्ने शैलीको कारण यस प्रकारको संकट आएको भनेका छन् । ओलीले हरेक पाइला पाइलामा विपक्षीजस्तो गरी प्रचण्ड र उनी पक्षधरले असहयोग गरेकाले आफूले सोचेजस्तो सरकार सञ्चालन नभएको भनेर अरुलाई नै आरोप लगाएका छन् ।
पार्टी एकता भएको ३२ महिना पुगेको छ तर पनि तल्लो तहसम्म व्यवहारिक एकता हुन सकेको छैन । पार्टी एकता गरेर ओलीले र दाहालले मात्र आफ्नो स्वार्थ पूरा गर्न खोजेको समेत आरोप लगाइँदै आइएको छ । पार्टी एकता गरेको भनिए पनि हरेक क्षणमा देखिने भागवण्डा र विश्वासको कमीले पार्टी चरम संकटमा परेको छ । पार्टीको विवादले देशको राजनीतिलाई पनि पछिल्तिर धकेलेको छ । हिजो पार्टीमा सँगै रहँदा जसले जे गरे पनि चुँइक्क नबोल्ने उनीहरु अहिले आएर भने विगतका सानातिना कुरालाई पनि मुख्य मुद्या बनाउँदै शब्द प्रहारको खेतीमा उत्रिँदै आएका छन् ।
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





