अस्थिरता ल्याउने ओली कि प्रचण्ड ?

रमेशकुमार बोहोरा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्धन्द्धका कारण देश संकटमा परेको छ । पार्टीको स्वार्थका कारण अबको राजनीति के होला भन्ने अन्यौलता झन् बढ्दै गएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई पार्टीभित्रैबाट असहयोग भएकाले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको स्पष्ट पार्दै आएका छन् । पार्टीभित्रको समस्या मिलाउन नसक्दा लिएको अडान अस्वभाविक भएको र यसले देशलाई प्रतिगमनतिर धकेलेको भन्दै आलोचना भएको छ । ओलीले आफूसँग झण्डै दुई तिहाई बहुमत रहेकाले अर्को सरकार बन्ने कुनै सम्भावना नरहेको पनि भन्न छोडेका छैनन् । पार्टी भित्रैबाट अविश्वासको प्रस्ताव आउने भएपछि अत्तालिएर प्रतिनिधिसभा विघटन गरेका ओलीले आफ्नो कदमको बचाउ गर्न अनेक प्रयास गर्दै आए पनि जनतालाई चित्त बुझाउन भने सकेका छैनन् । ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन गर्ने घोषणा पनि गरेका छन् । निर्वाचनमा गएर ताजा जनादेश लिनु प्रतिगमन नभएको ओलीको तर्क छ । नेकपाको दाहाल–नेपाल पक्षले भनें सधैं निर्वाचन गरिरहनुले देशलाई ठूलो भार पर्ने भएकाले अहिलेको अवस्थामा निर्वाचन कल्पना पनि गर्न नसकिने बन्दै आएको छ ।
ओलीले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिरहेका छन् । ओलीले घोषित मितिमा नै निर्वाचन हुने दाबी गर्दै आएका छन् । ओलीले निर्वाचन आयोग पनि तयारीमा लागिसकेको र सरकार पनि निर्वाचन गराउनमै केन्द्रित भइसकेकाले कुनै पनि कारणले निर्वाचन नरोकिने भन्दैछन् । नेकपाको दाहाल–नेपाल समूहले निर्वाचनबारे असहमति नजनाए पनि ओलीले संविधान मिचेर निर्वाचनको घोषणा गरेको र संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेकोमा असहमति जनाएको छ । ओलीले संविधानको रक्षा गर्नु आफ्नो कर्तव्य भएको र संविधानसम्मत ढंगले नै प्रतिनिधिसभा विघटन गरेको तर्क गरेका छन् । सरकार बन्ने विभिन्न विकल्प हुँदाहुँदै ओलीले कुनै पनि आधारमा अब सरकार बन्ने सम्भावना छैन भनेर लिएको अडान गलत भएको भन्दै जान्नेबुझ्नेहरु तर्क गर्दै आएका छन् । कानुनविद्हरुले पनि ओलीको कदम असंवैधानिक भएको र वर्तमान व्यवस्था समेत धरापमा पार्ने गरी चालिएको कदम फिर्ता लिएर देशलाई अस्थिरताबाट बचाउनुपर्ने सुझाव दिँदै आएका छन् ।
ओलीले यो अवस्था आउनुमा पार्टीका अर्का पक्षका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दोष दिएका छन् । प्रचण्डले सरकारलाई आफ्नो तर्फबाट सक्दो सहयोग गरेको तर ओलीकै घमण्ड र बालहठका कारण यो अवस्था आएको प्रष्ट पारेका छन् । प्रचण्डले सरकार सञ्चालन आफू र आफ्नो पक्षले कहिल्यै पनि अवरोध नगरेको, ओलीको महत्वाकांक्षा र काम गर्ने शैलीको कारण यस प्रकारको संकट आएको भनेका छन् । ओलीले हरेक पाइला पाइलामा विपक्षीजस्तो गरी प्रचण्ड र उनी पक्षधरले असहयोग गरेकाले आफूले सोचेजस्तो सरकार सञ्चालन नभएको भनेर अरुलाई नै आरोप लगाएका छन् ।
पार्टी एकता भएको ३२ महिना पुगेको छ तर पनि तल्लो तहसम्म व्यवहारिक एकता हुन सकेको छैन । पार्टी एकता गरेर ओलीले र दाहालले मात्र आफ्नो स्वार्थ पूरा गर्न खोजेको समेत आरोप लगाइँदै आइएको छ । पार्टी एकता गरेको भनिए पनि हरेक क्षणमा देखिने भागवण्डा र विश्वासको कमीले पार्टी चरम संकटमा परेको छ । पार्टीको विवादले देशको राजनीतिलाई पनि पछिल्तिर धकेलेको छ । हिजो पार्टीमा सँगै रहँदा जसले जे गरे पनि चुँइक्क नबोल्ने उनीहरु अहिले आएर भने विगतका सानातिना कुरालाई पनि मुख्य मुद्या बनाउँदै शब्द प्रहारको खेतीमा उत्रिँदै आएका छन् ।
ताजा

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
२०८२ असार ३० गते, सोमबार
विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न
२०८२ असार ३० गते, सोमबार
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
२०८२ असार ३० गते, सोमबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार