प्रशान्ति एकेडेमीमा अभिभावक भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौं । बुढानीलकण्ठ १२ कपन मुस्कान चोकमा रहेको प्रशान्ति एकेडेमीले अभिभावक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
लामो समयको कोरोना महामारीपछि विद्यार्थी र अभिभावकलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक समीर बास्तोलाले जानकारी दिए । सोमबारदेखि सुरु भएको अभिभावक भ्रमण कार्यक्रम २०७७ एक हप्तासम्म चलाउने लक्ष्य राखे पनि शुक्रबार सार्वजनिक बिदा दिएकाले बिहीबार नै समापन गरिएको विद्यालयले जनाएको छ ।
माघ २६ गते सोमबार कक्षा ६ का विद्यार्थीहरुले नेपालका परम्परा र सांस्कृतिक सम्पदाहरुको प्रदर्शन गरेका थिए । त्यस्तै माघ २७ गते मंगलबार कक्षा ७ का विद्यार्थीहरुले खेलकुद तथा संगीतका सामग्रीहरुको प्रदर्शनी गरेका थिए । बुधबार विज्ञान तथा प्रविधिको प्रदर्शनी गरिएको थियो भने बिहीबार धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी गरेर भ्रमण सप्ताह भव्य र सभ्यरुपमा समाप्त भएको थियो ।
प्रदर्शनीको अवलोकनका लागि विद्यालयका अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, उप–प्रधानाध्यापकहरु, शिक्षकहरु, साथै वरिपरि समुदायका शिक्षाप्रेमीहरु, शुभचिन्तकहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो । भ्रमणका क्रममा उपस्थिति सबै अतिथिहरुले विद्यालयको साथै विद्यार्थीहरुलाई हौसला बढाएका थिए । प्रदर्शनीमा आउने अभिभावक तथा विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट चिठ्ठा टिपेर उपहार दिने, किताब कापीका गाता ९कभर०, साना नानी बाबुहरुलाई मन पर्ने स्टिकरहरु, जन्मदिनको शुभकामना दिइएका शुभकामना कार्ड, टाटु मन पराउने विद्यार्थीहरुलाई टाटु बनाइदिने लगायत कार्यक्रम रहेका थिए ।
फाल्गुन ४ गते सरस्वती पूजामा खुल्ला गर्ने गरी विभिन्न उपहार पर्ने लक्की कुपन पनि सबै अभिभावकहरुलाई वितरण गरिएको थियो । उपहार १० जनासम्मले पाउने छन् । विद्यार्थीहरुको कामको प्रशंसा गर्दै प्रधानाध्यापक बास्तोलाले आगामी दिनमा पनि विद्यार्थीको कला र सीप बढाउने प्रकारका कार्यक्रम आयोजना गरिने बताए । उनले यस्तो कार्यक्रम वार्षिक रुपमा निरन्तर गरिने समेत जनाए ।

ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





