प्रशान्ति एकेडेमीमा अभिभावक भ्रमण कार्यक्रम सम्पन्न

२०७७ फाल्गुन १ गते, शनिबार

काठमाडौं । बुढानीलकण्ठ १२ कपन मुस्कान चोकमा रहेको प्रशान्ति एकेडेमीले अभिभावक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
लामो समयको कोरोना महामारीपछि विद्यार्थी र अभिभावकलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक समीर बास्तोलाले जानकारी दिए । सोमबारदेखि सुरु भएको अभिभावक भ्रमण कार्यक्रम २०७७ एक हप्तासम्म चलाउने लक्ष्य राखे पनि शुक्रबार सार्वजनिक बिदा दिएकाले बिहीबार नै समापन गरिएको विद्यालयले जनाएको छ ।
माघ २६ गते सोमबार कक्षा ६ का विद्यार्थीहरुले नेपालका परम्परा र सांस्कृतिक सम्पदाहरुको प्रदर्शन गरेका थिए । त्यस्तै माघ २७ गते मंगलबार कक्षा ७ का विद्यार्थीहरुले खेलकुद तथा संगीतका सामग्रीहरुको प्रदर्शनी गरेका थिए । बुधबार विज्ञान तथा प्रविधिको प्रदर्शनी गरिएको थियो भने बिहीबार धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी गरेर भ्रमण सप्ताह भव्य र सभ्यरुपमा समाप्त भएको थियो ।
प्रदर्शनीको अवलोकनका लागि विद्यालयका अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, उप–प्रधानाध्यापकहरु, शिक्षकहरु, साथै वरिपरि समुदायका शिक्षाप्रेमीहरु, शुभचिन्तकहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो । भ्रमणका क्रममा उपस्थिति सबै अतिथिहरुले विद्यालयको साथै विद्यार्थीहरुलाई हौसला बढाएका थिए । प्रदर्शनीमा आउने अभिभावक तथा विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट चिठ्ठा टिपेर उपहार दिने, किताब कापीका गाता ९कभर०, साना नानी बाबुहरुलाई मन पर्ने स्टिकरहरु, जन्मदिनको शुभकामना दिइएका शुभकामना कार्ड, टाटु मन पराउने विद्यार्थीहरुलाई टाटु बनाइदिने लगायत कार्यक्रम रहेका थिए ।
फाल्गुन ४ गते सरस्वती पूजामा खुल्ला गर्ने गरी विभिन्न उपहार पर्ने लक्की कुपन पनि सबै अभिभावकहरुलाई वितरण गरिएको थियो । उपहार १० जनासम्मले पाउने छन् । विद्यार्थीहरुको कामको प्रशंसा गर्दै प्रधानाध्यापक बास्तोलाले आगामी दिनमा पनि विद्यार्थीको कला र सीप बढाउने प्रकारका कार्यक्रम आयोजना गरिने बताए । उनले यस्तो कार्यक्रम वार्षिक रुपमा निरन्तर गरिने समेत जनाए ।

210 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal