दुईवर्ष भित्र दोहोरो सदस्यता अन्त्य गर्छौ : रजिष्ट्रार पाण्डे

२०७७ फाल्गुन १ गते, शनिबार

पोखरा । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले २ वर्ष भित्र सहकारीमा देखिएको दोहोरो सदस्यता अन्त्य गर्नेे दावी गर्नु भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले शुक्रवार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया, सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन पछि बोल्दै पाण्डेले यस्तो बताउनु भएको हो ।
दोहोरो सदस्यता अन्त्यका लागि कोपिमिस सफ्टवेयरको प्रयोग अनिवार्य भएको चर्चा गर्दै रजिष्ट्रार पाण्डेले २ वर्ष भित्र कोपोमिसका माध्यमबाट दोहोरो सदस्यता अन्त्य गरिने बताउनु भएको हो ।
चालु आर्थिक वर्षमा प्रदेश नं. १ र बागमती प्रदेशका सहकारीहरुको विवरण कोपोमिसमा राख्छौ, पाण्डेले भन्नुभयो, अर्को आर्थिक वर्षमा अन्य ५ वटै प्रदेशका सहकारीहरुको विवरण समावेश गरेर दोहोरो सदस्यता अन्त्य गर्छौ । कोपोमिसमा सहकारीको टाडा समावेश गर्नका लागि विभागले नै कर्मचारीको व्यवस्था गरेको र सबै स्थानीय तहमा ति कर्मचारीहरुमार्फत डाटा समावेश गरिने उहाँले जानकारी दिनुभयो । सहकारी विभागका अहिलेको पहिलो प्राथमिकता कोपिमिस भएको उहाँको भनाई छ ।
दोहोरो सदस्यता अन्त्यका लागि सहकारी अभियानको सहयोग आवश्यक रहेको भन्दै पाण्डेले कार्यान्वयन नगर्नेहरुलाई कानुनी दायरामा ल्याउने चेतावनी दिनुभयो । लाइसेन्स नभएको मानिसले गाडी चलाउदा कुनै न कुनै दिन ट्राफिक प्रहरीले फेला पारेर कार्वाही गरे जस्तै नियम विपरित चलेका सहकारीहरु पनि कानुनी दायरामा आउने उहाँको भनाइ थियो ।
सहकारीहरुले कल्याणकारी राज्यको अवधारणा अनुसार सदस्य केन्द्रीत भएर आफ्नो व्यवसाय अगाडि बढाउन आग्रह गर्दै उहाले विशिष्ठिकृत मोडेलमा व्यवसायिक काममा लाग्न सुझाव दिनुभयो ।
कार्र्यक्रममा गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार उदय पराजुलीले राज्य र अभियानको सहकार्यमा सहकारीमार्फत समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, पोखरा महानगरपालिका सहकारी समन्वय समितिका अध्यक्ष तेज नारायण अधिकारी, सहकारी म्यानेजर्स क्लव कास्कीका अध्यक्ष डम्बरसिंह बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारी विकास र सुशासन, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीको समसामयिक अवस्था र अभियानको भूमिका तथा बैंकका डिजिएम किशोर प्रसाद बिमलीले परफरमेन्स तथा फाइनान्सियल म्यानेजमेण्ट सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । तीन वटै अवधारणापत्र माथि सहकारीकर्मीहरुले विभिन्न सुझाव राख्दै सहकारी अभियानलाई मुलुकको समृद्धिसंग जोड्नका लागि आवश्यक नीति नियमहरुमा सुधार गरी अगाडि बढ्नु पर्ने बताएका थिए ।
कार्यक्रम राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता र सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारी बैंकद्वारा गण्डकी प्रदेशका ११ वटा सहकारी पुरस्कृत
राष्ट्रिय सहकारी बैंकमा गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्ने गण्डकी प्रदेशका ११ वटा सहकारी संस्थाहरुलाई पुरस्कृत गरिएको छ ।
बैंकमा कारोबार गरी बचत तथा ऋण बाहेकका संस्था मध्ये राष्ट्रिय स्तरमा उत्कष्ट हुने पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था कास्की, प्रदेश स्तरमा उत्कृष्ट बचत तथा ऋण तर्फको परोपकार वचत तथा ऋण सहकारी संस्था देवचुली नवलपुर र बचत तथा ऋण बाहेकको काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्था कास्कीलाई पुरस्कृत गरिएको थियो ।
यस्तै शाखा स्तरमा नियमित र उत्कृष्ट कारोबार गर्ने ८ वटा संस्थाहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
शाखा स्तरमा पोखरा शाखा अन्तरगत अलकापुर वचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट र लेखनाथ सामुदायिक वचत तथा ऋण सहकारी संस्थालाई नियिमत कारोबार तर्फ, बागलुङ शाखामा कारोबार गर्ने बागलुङ बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट र बागलुङ दुग्ध उत्पादक सहकारी संघलाई नियमिततर्फ पुरस्कृत गरिएको थियो ।
यसैगरी दमौली शाखामा उत्कृष्ट कारोबार गर्ने तिनखोले बचत तथा ऋण सहकारी संस्था र नियमिततर्फ मादीसेती बचत तथा ऋण सहकारी संस्था, कावासोती शाखामा उत्कृष्ट कारोबार गर्ने किसान वचत तथा ऋण सहकारी संस्था र नियमिततर्फ महाराजा वचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले जानकारी दिनुभयो ।

330 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal