पुतलीबजारमा सहकारी बैकको ६८ औं शाखा उद्घाटन
स्याङ्जा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६८ औं शाखा बिहीवारदेखि स्याङ्जाको पुतलीबजारमा शुरु भएको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले शाखाको संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले समृद्ध नेपालनिर्माणका लागि सहकारी अभियानको योगदान बढाउनु पर्नेमा जोड दिनु भएको थियो । सहकारीमा रहेको पूँजिलाई उत्पादन क्षेत्रमा लगाउनका लागि राष्ट्रिय सहकारी बैंकले थपप्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिदै उहाँले त्यसमा स्थानीयतहको सक्रिय सहभागिता रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको अवधारणा अनुसार सहकारीहरुले काम गर्ने हो भने गरिवीनिवारणका लागि सहकारीको भूमिका सबैभन्दा प्रभावकारी हुने धारणा राख्नुभयो । सहकारीका नाममा गलत गर्नेहरुलाई समयमै पाखा लगाउनका लागि अभियानका असल अभियन्ताहरुको सक्रियता आवश्यक रहेको उहाँको भनाइ थियो । सहकारी क्षेत्र ७३ लाखजनता आवद्ध भएको प्रभावकारी क्षेत्र भएकाले यसलाई उत्पादनमा लगाउनका लागि सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मपति पौडेल, बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले सहकारीहरुको बैंक सहकारी बैंकको शाखा पुतलीबजारमा शुरु भएकाले सबै सहकारी संघ संस्थाहरुलाई सहकारी बैंकमा कारोबार गर्न आव्हान गर्नु भएको थियो ।
कार्यक्रममा बैंकक ाप्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको विगत, वर्तमान र आगामी योजनाकाबारे प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरुले सहकारी बैंकमार्फत सहकारीहरुको प्रवद्र्धनमा सबैको ऐक्यवद्धतामा जोड दिनु भएको थियो ।
कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र वालिङ शाखा समन्वय उपसमितिका संयोजक पूण्य प्रसाद अर्यालको स्वागतमा सम्पन्नभएको थियो ।
स्याङ्जाका पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका, विरुवागाउँपालिका, हरिनास गाउँपालिकालाई केन्द्रीत गरी शाखा सञ्चालन गरिएको र शाखामा उद्घाटनको दिनसम्म २० करोड वचत संकलनभएको शाखा प्रमुख पुष्पा क्षेत्रीले जानकारी दिनुभयो ।
ताजा
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवार
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने
२०८३ बैशाख २० गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





