भारतीय पूर्वप्रधानमन्त्री र उपराष्ट्रपतिदेखि दर्जन सांसद र कुटनीतिज्ञसँग छलफल

२०७७ माघ ३० गते, शुक्रबार

काठमाण्डौ । तीन दिने भारत भ्रमण गरेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल बिहिबार स्वदेश फर्किएका छन् । भारतमा रहदाँ अध्यक्ष ढकालले भारतका पूर्व प्रधानमन्त्री एच। डी। देवगौडा, १२ औं उपराष्ट्रपति हमिद अन्सारी, भारतीय जनता पार्टी र भारतीय कांग्रेस लगएत दर्जन सांसद, नेपालका लागि पूर्व भारतीय राजदुतहरु समेत पाँच कुटनीतिज्ञ लगायत संग भेटबार्ता तथा अन्तरक्रिया गरेका थिए । नयाँ दिल्लीमा भएको भेटहरुमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको नेता ढकालको सचिवालयले जनाएको छ ।
पूर्व प्रधानमन्त्री देवगौडा र पूर्व उपराष्ट्रपति अन्सारी भेट्न ढकाल उहाहरुकै निवास पुगेका थिए भने अन्य सांसद तथा पूर्व राजदुतहरु केभी राजन, मन्जित पुरी लगएत संग सांग्रिला होटेलमा छलफल गरेका भ्रमण दलमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए । ढकालले नेपाली राजदुतावासमा राजदुत निलाम्बर आचार्य संग पनि भेटेका थिए । त्यसैगरी भाजपा नेताहरु बिजय जोली, अशोक ठाकुर, आम आदमी पार्टीका युवा नेता तथा सांसद अजय दत्त लगएतले पनि नेता ढकाललाई सांग्रिला होटलमै भेटेका थिए । केहि प्रबासी नेपाली हरुपनि ढकाललाई भेट्न होटेल पुगेका थिए । भेटघाटको संयोजन परिवार दलका प्रबक्ता सन्तोष पौडेल तथा दिल्ली स्थित सामाजिक अभियन्ता कृष्ण अधिकारीले गरेका थिए ।
३ दिन सम्म दिल्लीमा भेटघाटमा पूर्ण ब्यस्त भएका नेता ढकालको क्रेज भारतमा समेत बढ्दै गएको स्पष्ट देखिन्थ्यो “एकनाथ ढकाल नेपालको मात्र नेता नभई दक्षिण एशिया र विश्व स्तरमै प्रभाव छोड्न सफल कुशल शान्तिवादी नेताको रुपमा आंफुले पाएको” इन्दिरागान्धी खुला बिश्वबिद्धालयका प्राध्यापक डा प्रमोद मेहराले बताए । ३ दिने भ्रमणको क्रममा नेता ढकालले भारतीय नेताहरु तथा कुटनीतिज्ञहरु संग गर्नु भएको कुराकानी सबै बाहिर प्रकाशन नभएपनि एक नेपाली युवानेताले बिशाल छिमेकि मित्र राष्ट्रमा विस्तार गर्नु भएको सम्पर्क र मित्रताले भने थुप्रै नयाँ आशा र सम्भावना प्रदान गरेको छ ।

278 Views

ताजा

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड

२०८२ असार ३० गते, सोमबार

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड

२०८२ असार ३० गते, सोमबार

दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप

२०८२ असार ३० गते, सोमबार

विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न

२०८२ असार ३० गते, सोमबार

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा 

२०८२ असार ३० गते, सोमबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal