ग्याल्पो ल्होसारमा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मको शुभकामना

२०७७ माघ ३० गते, शुक्रबार

काठमाडौं । हिमालीआदिवासी शेर्पा समुदायको नयाँबर्ष च्यामो लाङ ल्हो (गोरु बर्ष)–२१४८औंग्याल्वो लोसार २०७७ माघ ३० गते परेको छ । सरकारले चैत १ गतेलाई ग्याल्पो ल्होसार भनेर उल्लेख गरेपनि तिथी गलत भएको भन्दै माघ ३० मै ल्होसार मनाउने भएको हो ।
ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपीशर्मा ओली, सभामूखअग्नि प्रसाद सापकोटा लगायतले शुभकामना सन्देश जारी गरेका छन् । त्यस्तै, नेपालीकांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनिग्याल्पो ल्होसारको अवसरमाशुभकामनाव्यक्त गरेको हो ।
‘नेपालबहुलधार्मिक, बहुल सांस्कृतिक, जातीयविविधतायूक्त देश हो । यी सबै समुदायको आ–आफ्नै धार्मिक र सांस्कृतिकमहत्वबोकेको मौलिक चाडपर्वहरु छन् ।’ शुभकामना सन्देशमाभनेको छ ‘सबै जातजातिको सम्मानजनकउपस्थिती र पहुँच स्थापनागर्दै समृद्ध नेपालनिर्माणको अभियानमाहामी छौं । वहुरंगी संस्कृतिकाधनी नेपालयी नै विभिन्नआस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धी हातलाग्ने कुरामादुइमत छैन ।’
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले हिमालआरोहण तथापर्यटनको माध्यमबाट विश्वलाई नेपालचिनाउने पहिलो शक्ति शेर्पा रहेको शुभकामना सन्देशमाउल्लेख गरेको छ । ‘हिमालले नेपाललाई जति सुन्दर बनाएका छन्, हिमाली भेगमावसोवास गर्ने शेर्पा समुदायलगायतकाआदिवासीजनजातिका भेषभुषा, धर्म संस्कृति, रहनसहनले त्यो भन्दा बढी सुन्दर बनाएको छ ।’
ल्होसारमाखाप्से, ड्यासिल, गुथुक जस्ता मौलिक परिकार खाने, जामघट, नाचगान गरेर मनाइने स्मरण गर्दै उपराष्ट्रपति पुनले भने ‘आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमालिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पुरयाएको छ ।’
जनता समाजवादी पार्टीकाअध्यक्षउपेन्द्र यादवले ‘मुलुकको वर्तमान जटिल अवस्थासँगै विभिन्नअसमानता, विभेद र उत्पीडिनको अन्त्यगर्न र अधिकार, मुक्ति र पहिचानप्राप्तिकाखातिर निरन्तर रुपमा अघि बढ्नका साथै राष्ट्र निर्माणमा सघाउन लोसारको अवसरमा प्रेरणा मिलोस्’ भन्ने शुभकामनाव्यक्त गरे ।प्रदेश नं. १ कामुख्यमन्त्री शेरधन राईले ग्याल्पो ल्होसार जस्ता पर्वले नयाँउमंग र उत्साह साथ एक आपसमाएकतातथाभाइचारा स्थापितगर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।
त्यस्तै, नेपालआदिवासीजनजातिमहासंघले ग्याल्वो ल्होसारको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै ‘आदिवासीजनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसँगजोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले अपरिपक्क रुपमा मन लाग्दाविदादिने नलाग्दाखारेज गर्ने गरेको भन्दै आपतीजनाएका छन् ।’
यसैवीच, नेपाल शेर्पा संघले एक शुभकामना सन्देश जारी गर्दै ल्होसारले पहिचान र अधिकार स्थापितगर्ने मार्गको रुपमालिनुपर्नेमाजोड दिएका छन् । अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा हस्ताक्षरित शुभकामना सन्देशमा ‘सरकारले हिमालीआदिवासी शेर्पाहरुको मूख्यपर्वको तीथिविगारेर अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘भोटचन्द्रपात्रो अनुसार ल्होसार माघ ३० मै हो । तर, सरकारले चैत १ गते राखेको छ । यसले अन्यौल सिर्जना गरेको छ । उप्रान्तपञ्चांगनिर्णायक समितिमाबौद्धमार्गी शेर्पा समुदायको समेत प्रतिनिधित्व गराउँदै पात्रो निर्माणमा सचेत भई कार्य गर्नुपर्दछ ।’ अध्यक्ष शेर्पाले भने ।
माघ ३० मै तामाङ,ह्योल्मो समुदायको सोनामल्होच्छार समेत परेको छ ।

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal