च्याँखे थाप्दै देउवा
काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले आफ्नो प्रष्ट अडान राख्न सकेको छैन । पार्टीले विघटनको विरोधमा बोल्ने कि समर्थन जनाउने भनेर भन्न सकेको छैन ।
पार्टीका शीर्ष नेताको स्वार्थ बाझिएपछि कांग्रेस अलमलिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा आन्दोलनमा जानुभन्दा पनि निर्वाचनमा जानु उपयुक्त हुने तर्क गर्दै आएका छन् । उनले आगामी निर्वाचनमा कांग्रेस ठूलो पार्टी हुन्छ र प्रधानमन्त्री बन्न पाइन्छ भन्ने सपना देखेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा नै खुलेरै लागेका छन् । पौडेलले पुनस्र्थापना नभए देश झन् राजनीतिक र संवैधानिक संकटमा फस्ने भएकाले त्यसलाई बचाउन सबै एकजुट हुनुपर्ने बताउँदै आएका छन् । देउवाले प्रतिनिधिसभा पुनस्र्थापना भए प्रधानमन्त्रीको ‘अफर’ आफूलाई नै आउने सोचेका छन् । पुनस्र्थापना भएपछि संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने निश्चित छ त्यसपछि राजनीतिक चलखेल र सांसद किनबेच बढ्ने खतरा निश्चित छ ।
देउवाले जता पनि आफैंलाई फाइदा हेरेका छन् । देउवालाई प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जान खासै रुची पनि थिएन तर पौडेलको एकहोरो दवाव परेपछि उनले पनि बाध्यताले आन्दोलनलाई स्वीकारेका हुन् । प्रधानमन्त्री ओलीले पार्टीभित्रको अर्को पक्षको कारण देश, संविधान र सरकार नै संकटमा परेकाले त्यसलाई निकास दिन बाध्यताले यस्तो कदम चालेको भनेर स्पष्ट पारिसकेको हुनाले प्रधानमन्त्रीको भावना सकारात्मक नै रहेछ भनेर बुझ्नु पनि स्वभाविक हुन्छ । सरकारले निर्वाचन नगराउने र आफ्नै सरकारमात्र सधैं चलाइरहने सोचेको भए प्रतिगमन भयो, देश संकटतर्फ धकेलियो भन्न सुहाउँथ्यो तर ताजा जनादेशमा गएर सबै दललाई र नेतालाई फेरि पनि परीक्षण गरिने अवसर दिनु नराम्रो कदम होइन ।
प्रधानमन्त्रीले आफूले ५ वर्ष सरकार चलाउँदा दीगो शान्ति र विकासको पक्षमा केही कदम चाल्ने घोषणा गरेका थिए । साँच्चै नै ओलीको अडान र राष्ट्रवादी लाइनलाई पत्याएर नै ओलीको नाममा नै बढी मतदान गरेको हो भनेर सजिलै बुझ्न सकिन्छ । कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भएको भनेर भन्दै आएको छ त्यसैले पनि उसले निर्वाचनबाट भाग्छु भन्नु जायज हुँदैन । प्रधानमन्त्रीले जनताले जसलाई पत्याउँछ अबको निर्वाचनपछि उसैले सरकार चलाउने भनिसकेपछि उनीमाथि अनावश्यक आरोप लाएर चरित्रहत्या गर्ने प्रयास गरिनु राजनीतिक संस्कार हुन सक्दैन । कांग्रेसले पनि हिजोको दिनमा देशघाती काम गरेको छ, उसँग जनतामाझ जाने कुनै नयाँ एजेण्डा नभएकाले नै उसले निर्वाचनलाई आफ्नो पक्षमा पार्न नसक्ने बुझेको छ ।
नेकपामा मन विभाजन भइरहँदा कांग्रेसले भने त्यो बेला राम्रो मौका पाएको छ । सत्ता र शक्तिभन्दा टाढा बस्न नसक्ने कांग्रेसलाई फेरि पनि आएको अवसर चानचुने छैन । पार्टीले एकमत भएर प्रष्ट रुपमा राजनीतिक बाटो नलिँदा कांग्रेसका नेता तथा कार्यकर्ता समेत अलमलमा परेका छन् । देउवालाई नेकपाका दुवै गुटले पटकपटक भेटेर निकास दिन आग्रह गर्दै आएका छन् । ओलीले भने निर्वाचनमा जान र नयाँ जानदेश लिन कांग्रेस पनि पछि पर्न नहुने भन्दै आएका छन् तर नेकपाको अर्को समूह भने जसरी भए पनि निर्वाचनबाट भाग्ने बाटो खोजिरहेको छ । उसले सरकारको निर्णय र गरेका राम्रा कामको पनि खुलेर समर्थन गर्न सकेको छैन ।
कांग्रेस सभापति देउवाले सर्वोच्च अदालतमा विचारधीन रहेको प्रतिनिधिसभा विघटनसम्वन्धी मुद्याको फैसला भएपछि जे निर्णय आउँछ त्यसैका आधारमा पार्टी अघि बढ्ने स्पष्ट पारिसकेका छन् तर पार्टीभित्र देखिएका अवसरबादीहरुले देउवालाई स्वतन्त्रपूर्वक पार्टी सञ्चालन गर्न नदिएकाले कांग्रेस पटकपटक अन्यौल र अलमलमा पर्दै आएको छ ।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





