च्याँखे थाप्दै देउवा

२०७७ माघ २९ गते, बिहीबार

काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले आफ्नो प्रष्ट अडान राख्न सकेको छैन । पार्टीले विघटनको विरोधमा बोल्ने कि समर्थन जनाउने भनेर भन्न सकेको छैन ।
पार्टीका शीर्ष नेताको स्वार्थ बाझिएपछि कांग्रेस अलमलिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा आन्दोलनमा जानुभन्दा पनि निर्वाचनमा जानु उपयुक्त हुने तर्क गर्दै आएका छन् । उनले आगामी निर्वाचनमा कांग्रेस ठूलो पार्टी हुन्छ र प्रधानमन्त्री बन्न पाइन्छ भन्ने सपना देखेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा नै खुलेरै लागेका छन् । पौडेलले पुनस्र्थापना नभए देश झन् राजनीतिक र संवैधानिक संकटमा फस्ने भएकाले त्यसलाई बचाउन सबै एकजुट हुनुपर्ने बताउँदै आएका छन् । देउवाले प्रतिनिधिसभा पुनस्र्थापना भए प्रधानमन्त्रीको ‘अफर’ आफूलाई नै आउने सोचेका छन् । पुनस्र्थापना भएपछि संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने निश्चित छ त्यसपछि राजनीतिक चलखेल र सांसद किनबेच बढ्ने खतरा निश्चित छ ।
देउवाले जता पनि आफैंलाई फाइदा हेरेका छन् । देउवालाई प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जान खासै रुची पनि थिएन तर पौडेलको एकहोरो दवाव परेपछि उनले पनि बाध्यताले आन्दोलनलाई स्वीकारेका हुन् । प्रधानमन्त्री ओलीले पार्टीभित्रको अर्को पक्षको कारण देश, संविधान र सरकार नै संकटमा परेकाले त्यसलाई निकास दिन बाध्यताले यस्तो कदम चालेको भनेर स्पष्ट पारिसकेको हुनाले प्रधानमन्त्रीको भावना सकारात्मक नै रहेछ भनेर बुझ्नु पनि स्वभाविक हुन्छ । सरकारले निर्वाचन नगराउने र आफ्नै सरकारमात्र सधैं चलाइरहने सोचेको भए प्रतिगमन भयो, देश संकटतर्फ धकेलियो भन्न सुहाउँथ्यो तर ताजा जनादेशमा गएर सबै दललाई र नेतालाई फेरि पनि परीक्षण गरिने अवसर दिनु नराम्रो कदम होइन ।
प्रधानमन्त्रीले आफूले ५ वर्ष सरकार चलाउँदा दीगो शान्ति र विकासको पक्षमा केही कदम चाल्ने घोषणा गरेका थिए । साँच्चै नै ओलीको अडान र राष्ट्रवादी लाइनलाई पत्याएर नै ओलीको नाममा नै बढी मतदान गरेको हो भनेर सजिलै बुझ्न सकिन्छ । कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भएको भनेर भन्दै आएको छ त्यसैले पनि उसले निर्वाचनबाट भाग्छु भन्नु जायज हुँदैन । प्रधानमन्त्रीले जनताले जसलाई पत्याउँछ अबको निर्वाचनपछि उसैले सरकार चलाउने भनिसकेपछि उनीमाथि अनावश्यक आरोप लाएर चरित्रहत्या गर्ने प्रयास गरिनु राजनीतिक संस्कार हुन सक्दैन । कांग्रेसले पनि हिजोको दिनमा देशघाती काम गरेको छ, उसँग जनतामाझ जाने कुनै नयाँ एजेण्डा नभएकाले नै उसले निर्वाचनलाई आफ्नो पक्षमा पार्न नसक्ने बुझेको छ ।
नेकपामा मन विभाजन भइरहँदा कांग्रेसले भने त्यो बेला राम्रो मौका पाएको छ । सत्ता र शक्तिभन्दा टाढा बस्न नसक्ने कांग्रेसलाई फेरि पनि आएको अवसर चानचुने छैन । पार्टीले एकमत भएर प्रष्ट रुपमा राजनीतिक बाटो नलिँदा कांग्रेसका नेता तथा कार्यकर्ता समेत अलमलमा परेका छन् । देउवालाई नेकपाका दुवै गुटले पटकपटक भेटेर निकास दिन आग्रह गर्दै आएका छन् । ओलीले भने निर्वाचनमा जान र नयाँ जानदेश लिन कांग्रेस पनि पछि पर्न नहुने भन्दै आएका छन् तर नेकपाको अर्को समूह भने जसरी भए पनि निर्वाचनबाट भाग्ने बाटो खोजिरहेको छ । उसले सरकारको निर्णय र गरेका राम्रा कामको पनि खुलेर समर्थन गर्न सकेको छैन ।
कांग्रेस सभापति देउवाले सर्वोच्च अदालतमा विचारधीन रहेको प्रतिनिधिसभा विघटनसम्वन्धी मुद्याको फैसला भएपछि जे निर्णय आउँछ त्यसैका आधारमा पार्टी अघि बढ्ने स्पष्ट पारिसकेका छन् तर पार्टीभित्र देखिएका अवसरबादीहरुले देउवालाई स्वतन्त्रपूर्वक पार्टी सञ्चालन गर्न नदिएकाले कांग्रेस पटकपटक अन्यौल र अलमलमा पर्दै आएको छ ।

203 Views

ताजा

भारतमा हावाको वेग झैं फैलियो कोभिड

२०७८ पुष २९ गते, बिहीबार

भारतमा हावाको वेग झैं फैलियो कोभिड

२०७८ पुष २९ गते, बिहीबार

एक हप्तामै १० हजार सङ्क्रमित

२०७८ पुष २९ गते, बिहीबार

चितवन क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदनः भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च

२०७८ पुष २८ गते, बुधबार

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

२०७८ पुष २८ गते, बुधबार

आधा युरोप केही हप्तामा ओमिक्रोनबाट सङ्क्रमित हुनेछः विश्व स्वास्थ्य संगठन

२०७८ पुष २८ गते, बुधबार

आजबाट उपत्यकामा स्मार्ट लकडाउन

२०७८ पुष २८ गते, बुधबार

आजदेखि उपत्यकाका बालबालिकालाई कोभिडविरुद्धको खोप

२०७८ पुष २७ गते, मंगलवार

आधारभूत र माध्यमिक तहका विद्यालय आजदेखि बन्द

२०७८ पुष २७ गते, मंगलवार

आज ३०० औं पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइँदै

२०७८ पुष २७ गते, मंगलवार

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

२०७८ पुष २५ गते, आईतवार

लोकप्रिय

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

कहिले हुँदैछ मैलुङखोला जलविद्युतको आइपीओ निष्कासन ? जान्नुहोस

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal