बलात्कारीलाई उन्मुक्ति नदिइयोस्

२०७७ माघ २९ गते, बिहीबार

यसै सातामात्र बैतडीको दगौडा केदार गाउँपालिका ७ की १७ वर्षिया किशोरी भागीरथी भट्टको बलात्कारपछि हत्या भएको छ । कक्षा १२ मा अध्ययन गर्दै आएकी भट्टको हत्याले समाजमा फेरि अर्को तरंग पैदा भएको छ । सरकारले बलात्कारपछि हत्या गर्नेलाई कानुनी दायरामा ल्याएर कारवाही नगर्दा बलात्कारपछि हत्या गर्ने अपराधीले झन् प्रश्रय पाएका छन् । दिनहुँजसो बलात्कार र हत्याका घटना बढ्नुमा सरकारको कमजोरी देखिएको छ । ३० महिनाअघि कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तको घटना सेलाउन नपाउँदै त्यसपछि यस्ता धेरै घटना भएका छन् । सरकारले बलात्कारीलाई पक्राउ गरेर कारवाही गर्नुको साटो उल्टै संरक्षण गरेपछि देशभर समाज आन्दोलित भएको थियो । गृहमन्त्री रामबहादुर थापाले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाउन अझै पनि छोडेका छैनन् तर सरकारले केवल भाषणमा मात्र कारवाही गरेपछि सुशासन र कानुनी व्यवस्था संकटमा परेको छ । बझाङकी सम्झना कामी पनि बलात्कारपछि हत्या भएर मारिएकी छिन् । यी त केही उदाहरणमात्र हुन्, समाजमा खराव मानसिकता भएका पुरुषहरुका कारण सधै र सबैजसो महिलाहरु सुरक्षित हुन पाएका छैनन् ।
जसलाई पीडा पर्छ उसले मात्र त्यसको असर पर्छ । सरकारलाई भने यस्ताउस्ता घटनाले छुने गरेको छैन । जनताको जीउधनको सुरक्षा गर्छु भनेर जिम्मेवारी लिएको सरकारले धेरै काम गर्न नसके पनि, विकास र प्रगतिको अभियान अघि बढाउन नसके पनि जनताको जीवन बचाउन भने सक्नु पर्दथ्यो । निर्मलाका हत्यारालाई कारवाही गर्ने आँट सरकारले गरेको भए एकातिर सरकारप्रति जनताको विश्वास पनि थप बढ्ने थियो भने यस्ता प्रकारका घटना फेरि पनि नघट्लान् भन्ने अनुमान लगाउन सकिन्थ्यो तर सरकारको लाचारीपनका कारण समस्या झन् बल्झँदै आएको छ । बालिकाहरुलाई फकाएर र केही खानेकुरा दिएर वा पैसा दिएर ललाइफकाई बलात्कार गर्ने प्रचलन बढेको छ । बलात्कार खुल्ने डरले अपराधीले बालिकालाई हत्यासमेत गर्ने गरेका छन् । अपराधीको पहिचान हुन सम्भव छ तर पनि दुर्भाग्य उसले कारवाही भोग्नु परेको छैन । नेताहरुको वरिपरि रहेका र प्रहरी प्रशासनसँग निकट रहेका व्यक्तिले जसरी पनि यो मुद्या ओझेलमा पार्ने गरेका छन् । बालिकाका आमाबुबा र समाज धुरुधुरु रुँदै गर्दा पनि सरकार र सरोकारवालाले चासो दिन सकेको छैन । बलात्कारपछि गरिने आपसी मिलेमतोका कारण पनि कतिपय घटना बाहिर आउँदैनन्, यस्तो अवस्थामा अपराधीलाई झन् प्रोत्साहन मिल्ने छ ।
विशेष गरी दुई नम्बर प्रदेशमा यस्तो समस्याले उग्ररुप लिँदै आएको छ । सामान्य आथिर्क अवस्था भएका र शिक्षाको पहुँच पनि कमजोर भएका अभिभावकहरुले कहाँ गएर न्याया माग्ने भन्ने पनि थाहा पाउँदैनन् । सम्पन्न र टाठाबाठाले त्यो पीडित परिवारलाई धम्क्याएर र तर्साएर पनि घटना बाहिर आउन दिने गरेको छैन । बलात्कार र जघन्य अपराधलाई निरुत्साहित गर्न कानुनी व्यवस्था स्पष्ट भए पनि कार्यान्वयनमा देखिएको समस्याले यस्ता घटना बढेको भनेर सजिलै भन्न सकिन्छ । अपराधी कुनै पार्टी र विशेष पद आर्जन गरेको व्यक्ति नभई उ अपराधी नै हो भनेर कारवाही नगरिने हो भने र कुनै कारणले कसैको सोर्सफोर्सका आधारमा उन्मुक्ति दिएर समाजमा खुलमखुला छोडिदिने हो भने पक्कै पनि सभ्य समाजको कल्पना गर्न सकिँदैन र आगामी दिन समाज झन् विकृत र विसंगतिपूर्ण बन्दै जाने छ त्यसतर्फ आजैबाट सचेत हुनु जरुरी छ ।

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal