अख्तियार त्रासबाट होइन निडर भएर अगाडि बढोस्ः प्रधानमन्त्री

२०७७ माघ २८ गते, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने काममा कर्मचारीले त्रासबाट बाहिर निस्केर अगाडि बढनुपर्ने बताउनुभएको छ ।
आयोगको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी कारबाही गराउनु रहेकोले कर्मचारीलाई धम्की, त्रास देखाउने प्रयास भएपनि त्यसबाट बिचलित नभइ आफनो काम अगाडि बढाउन उहाँले आग्रह गनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,‘ कर्तव्य पालनाको सन्दर्भमा राज्यका सवै अंग र निकायहरु त्रासबाट मुक्त भएर काम गर्नुस, सुरक्षाको जिम्मा सरकारले लिन्छ ।’
केही संस्थाहरू नेपालमा भ्रष्टाचारीबाहेक कोही जन्मदैन भन्ने गलत मान्यता राख्न खोजिएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘सबै ब्युरोक्रेसी भष्ट्राचारी हुँदैन, सबै राजनीतिककर्मी भष्ट्राचारी हुँदैनन् । भष्टाचार हाम्रो साझा शत्रु हो त्यसप्रति हामी सहदैनौ ।’
प्रधानमन्त्री ओलीले अख्तियारको काम हालसम्म सन्तोषजनक रहेको बताउँदै कानुनका नजरमा सबै बराबर भएकाले सार्वजनिक सम्पतिमा भष्ट्राचार गर्नेलाई कारबाही गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, कानुनको नजरमा सबै बराबर छन्, अख्तियारले दायर गरेका मुद्धाहरु फरक पर्ने हुनुहुँदैन । उहाँले निर्दोष नफसोस भन्नका लागि आयोगले आफुले कदम चाल्नुभन्दा अगाडि राम्ररी अध्ययन गर्नु आवश्यक हुने उहाँको तर्क थियो । तथ्यहरुका आधारमा एकिन भएपछि मात्रै मुद्धा दायर गर्न उहाँले आग्रह गर्नुभयो ।

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal