प्रधानमन्त्री ओलीकै कारण अन्यौलता
प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण देशमा अहिले अन्यौलता छाएको छ । ओलीले असंवैधानिक अडान राख्दै गएपछि देशले फेरि अर्को संकट व्यहोरेको छ । आफू बाहेक अरु कोही पनि नेता होइनन् र सरकार चलाउन सक्दैनन भनेर गलत अडान लिएपछि उनले अचानक प्रतिनिधिसभा विघटन गरेर देशलाई अन्यौलतातिर धकेलेका छन् ।
संविधानले वर्तमान प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग गर्ने अधिकार नदिएको भएपनि उनी आफ्ना विभिन्नखाले तर्क पेश गर्दै आफू अधिकार सम्पन्न भएको बताउँदै आएका छन् । आफूसँग ६४ प्रतिशत सांसदको समर्थन रहेकाले अर्को कुनै बाटोबाट सरकार बन्न नसक्ने भएकाले बाध्य भएर आफूले संसद विघटन गरेको हावादारी तर्क प्रस्तुत गर्दै आएका छन् । ६४ प्रतिशत सांसदको समर्थन आफूसँग भएकोमा उनी विश्वस्त भएको भए संसदमा आइपर्ने अविश्वासको प्रस्ताव सामाना गरेर जाँदा उनलाई सजिलो हुने थियो । तर उनले त्यो बाटो नअपनाई अर्को बाटो लागेपछि संविधान र देश समेत संकटमा पर्दै आएको छ । ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । तर त्यो निर्वाचन हुन्छ भन्नेमा ओली पनि विश्वस्त छैनन् । पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादलाई टुंगो लगाउन निर्वाचन आयोगले नसकेको र निर्वाचनको मिति पनि नजिकिँदै गर्दा निर्वाचन हुन सक्ने सम्भावना कमै छ । ओलीले आफू नै आधिकारिक पार्टीको अध्यक्ष भएको भन्दै आए पनि निर्वाचन आयोगमा त्यतिबेला बुझाएको केन्द्रीय सदस्यको संख्यालाई आधार मान्दा उनले आधिकारिक पार्टी र निर्वाचन चिन्ह सूर्य पाउने सम्भावना छैन ।
ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्दा प्रधानमन्त्री पद जाने बुझेर नै गलत निर्णय गरेको स्पष्ट रुपमा बुभ्mन सकिन्छ । उनले आफ्नै पार्टीको अर्को गुटका देशद्रोही र विदेशीको दलाललाई सत्ता सुम्पनु भन्दा ताजा जनादेशमा जानु नै उपयुक्त भएकाले यस्तो निर्णय गरेको तर्क पेश गरेर आफूलाई नै सर्वोच्च नेता भनेर सावित गर्ने प्रयास गरिरहेका छन् ।
ताजा
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवार
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने
२०८३ बैशाख २० गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





