विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

२०७७ माघ २१ गते, बुधबार

नेपाललाई हिन्दुअधिराज्य बनाउन पहल हुने विश्वास

काठमाडौंं । विश्व हिन्दु महासंघको भारत देशीय राष्ट्रिय अध्यक्षमा प्रह्लाद दास दामोदर राव मोदी चयन हुनु भएको छ । भारतीय न्यूजहरूका अनुसार योगी आदित्यनाथले सम्हाल्दै आउनु भएको अध्यक्ष पद अब प्रह्लाद दास दामोदर राव मोदीले अन्तरिम अध्यक्षको रुपमा सम्हाल्नु हुनेछ । योगी आदित्यनाथ विश्वहिन्दु महासंघको अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत रहनु भएको र उहाँ अहिले उत्तरप्रदेशको मुख्यमन्त्री समेत रहनु भएकोले भारतमा महासंघको राष्ट्रिय समितिको जिम्मेवारी प्रह्लाद दास दामोदर राव मोदीलाई दिइएको समाचार स्रोतहरूले जनाएका छन् ।
भारतमा प्रधानमन्त्री जनकल्याणकारी योजना प्रचारप्रसार अभियानका संयोजकसमेत रहेका प्रह्लाद दास दामोदर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सहोदर भाइ हुनुहुन्छ । विश्व हिन्दु महासंघको भारतीय राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाएपछि भारतमा हिन्दुधर्मको अध्ययन, अनुसन्धान एवं संवर्धन र विकास विस्तार तथा प्रचारप्रसारमा काम गर्नुको साथै नेपाललाई पुनः हिन्दु अधिराज्य कायम गराउन आफ्नो भूमिका रहने प्रह्लादको भनाई रहेको बताइएको छ ।
मुख्यालय नेपालको काठमाडौंमा रहेको विश्व हिन्दु महासंघको विश्वका पैंतालीस देशमा शाखा रहेको बताइएको छ । सनातन धर्म ॐकार परिवार (हिन्दु, बौद्ध, जैन, शिख, किराँत लगायत)को छाता संगठनको रूपमा क्रियाशील विश्व हिन्दु महासंघको भारत च्याप्टरमा प्रह्लाद मोदीको आगमनसँगै महासंघको भावी कार्यक्रम र रणनीति कस्तो हुने हो भन्ने आमसर्वसाधारणको जिज्ञाशा एवं ध्यानाकर्षण भएको छ ।

313 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal